तरहरा/नेपालीहरुको महान् पर्व नजिकिँदै गर्दा पूर्वी नेपालमा सुकिलामुकिला कपडा लगाई हातमा पर्चा बोकेर माग्दै हिँड्नेहरु जताततै देखिन थालेका छन् । दुई दर्जनभन्दा बढी भारतीय नागरिक इटहरी तथा पूर्वका विभिन्न शहरमा माग्दै हिँड्ने गरेको पाइएको छ । गेस्ट हाउसमा कोठा लिएर बसी उनीहरुले सहयोगको पर्चा देखाउँदै माग्ने गरेको पीडितहरु बताउँछन् ।

magne-(1)(1)

भारतको राजस्थानबाट आएका यी सुकिला माग्नेहरुले अहिले पूर्वका अधिकांश शहरमा दुःख दिने गरेको इटहरीका स्थानीयले बताए । बालबालिकासहित इटहरीमा २४ जनाको समूह माग्दै हिँड्ने गरेको स्थानीय व्यापारी सुदीप पाठकले बताए । केही दिनयता उनीहरु गेस्ट हाउसमा बसेर चन्दा माग्दै हिँड्ने गरेको होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष अनुरोध थापाले बताए । त्यस्ताका कारण व्यवसायीलाई समस्या भएको बताए । प्रहरीले सोमबार माग्ने समूहलाई पक्राउ गरी सोधपुछ गरेको थियो । भारतको राजस्थानका रेणु राय, नैना राय, गुड्डी राय, तारा रायलगायतका २४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी छाडेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र तिवारीले बताए ।

उनीहरुले बुट्टा भर्ने काम गर्ने भन्दै बजारमा माग्दै हिँडेको र केही दिनमा आप्mनै देश फर्कने बताएपछि उनीहरुलाई सोमबार नै छाडिएको इन्स्पेक्टर तिवारीले बताए । इटहरी बसपार्कस्थित सुमन होटलमा बसेर उनीहरुले इटहरी तथा वरपरको क्षेत्रमा माग्ने गरेको प्रहरीको भनाइ छ । सोमबार बिहान सो समूह धरान जाने क्रममा इटहरी चोकबाट पक्राउ परेको थियो ।

इटहरीका डीएसपी नरेश सुवेदीले भने चाडबाडको नाममा चन्दा मागेको पाइए कडा कारवाही गर्ने चेतावनी दिए । उनले चाडबाडका नाममा विभिन्न शीर्षकमा आर्थिक सहयोग माग्नेहरु बढ्ने गरेको भन्दै चन्दा नदिन व्यापारीहरुलाई पनि आग्रह गरे ।