ताप्लेजुङ/पहिरोले दर्जनौं स्थानमा बगाएको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड खुलाउन अभैm केही दिन लाग्ने भएको छ । माथिबाट झरेको पहिरोले करीब एक किलोमिटर सडक पुरै बगाएको र नयाँ ट्रयाक खोल्नुपर्ने भएकाले सडक पूर्णरुपमा सुचारु हुन अभैm केही दिन लाग्नसक्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । pahiro जिल्लामा साना स्काभेटर मात्र रहेको र पहिरोमाथि चढेर सडक खोल्ने चेन भएको ठूलो स्काभेटर चाहिने हुँदा सो स्काभेटर जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक खोल्न केही दिन लाग्ने प्रजिअ पाण्डेको भनाइ छ । सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा रहेको बहानन्देसम्मको बाटो सफा गरिएको र त्यसभन्दा मुनिको भागमा ठूलो पहिरोले सडकनै बगाएकाले ठूलो मेसिन नआएसम्म काम गर्नसक्ने अवस्था नरहेको उनले बताए ।सडक अवरुद्ध हुँदा ताप्लेजुङबाट पाँचथरहुँदै इलाम, झापा साथै देशका विभिन्न स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने कोही हिँडेरनै पहिरो पार गरी सडक सुचारु भएको स्थानसम्म पुग्ने गरेका छन् । शनिबार सफा गरेको सदरमुकाम–बहानन्दे पाँच किलोमिटर सडक समेत पहिरो र पानीले क्षतविक्षत भएकाले सवारी चलाउन सावधानी अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारीको भनाइ छ । झापाको बिर्तामोडबाट ताप्लेजुङतर्पm आएका सवारीसाधन समेत अवरुद्ध भएको स्थानसम्म आएर बिर्तामोडतर्पmनै फर्कन थालेका छन् ।