विजयपुर/सहायक राजमार्गलाई १ सय ४० फिटको बनाउने सरकारको निर्णयको विरोध गर्दै सोमबार धनकुटे रोड संयुक्त उपभोक्ता सङ्घर्ष समितिले धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।सरकारले सहायक राजमार्गअन्तर्गत धरान–चतरा सडकखण्डलाई धनकुटे रोडहँुदै चतरासम्म सहायक राजमार्ग बनाउने निर्णय गरेको छ । उक्त निर्णयको विरोध गर्दै स्थानीय उपभोक्ताहरुले विरोध ¥यालीसहित उपमहानगरपालिका पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
समितिले प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, सडक विभाग, डिभिजन सडक कार्यालय विराटनगर, वन उपभोक्ता नगर महासङ्घमा बोधार्थ समेत बुझाएको छ । सरकारले धनकुटे रोडमा बस्ने नागरिकलाई जानकारीनै नदिइ निर्णय गरेको उनीहरुको आरोप छ ।
यसरी १ सय ४० फिट मापदण्ड पूरा गर्दा धेरै स्थानीय सुकुम्बासी हुने भन्दै उनीहरुले सहायक राजमार्गका लागि अर्को वैकल्पिक बाटो खोज्न माग गरेका छन् । सङ्घर्ष समितिका सचिव सुनील खड्काले धनकुटे रोडको विकल्पको रुपमा तीनकुनेबाट बीपी हस्पीटल जाने पुरानो बाटोलाई सञ्चालन गर्न माग गरिएको बताए ।