धरान /कोशी लोकमार्गमा सोमबार बिहान भारतीय ट्याङकरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर–८ स्थित कोसी लोक मार्गमा भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट बिराटनगर ४ का भोजराज कोईरालाको मृत्यु भएको हो ।

accdint

गम्भिर घाईते भएका उनलाई उपचारका लागी न्युरो अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो । इटहरीबाट रानीतर्फ जाँदै गरेको का े१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी११ए ८२८६ नंको ट्याङ्करले ठक्कर दिएको बिराटनगर स्थित ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले ठक्कर दिने ट्याङ्करलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको जनाएका छन् ।