
घर माथिबाट झरेको पहिरोले गम्भिर घाईते भएकि पालङ्वाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार संभव नभए पछि नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सोमबार विहान काठमाडौ पठाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । उनको काठमाडौमानै उपचार गरीने र सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्ने समेत प्रजिअ पाण्डेको भनाई छ । शुक्रबार राति गएको पहिरोमा पनि कृष्ण कुमारीकि दिदी दिलकुमारी पालुङवाको मृत्यू भएको थियो भने कृष्ण कुमारीलाई घाईते अबस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको थियो । सो पहिरोमा पनि चार जनाले ज्यान गुमाएका छन् भने सयौ विस्थापित भएका छन् ।