विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनाधिकृत रुपमा प्रयोग भएका आवास गृहका कोठाहरु खाली गर्न आइतबार २४ घण्टे अल्टिमेटम दिएको छ ।केही दिनअगाडि प्रहरीले केटीएम सेक्युरिटीका सहायक म्यानेजर धनबहादुर राई (पचासी) को कोठाबाट लागूऔषध बरामद गरेपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो ।
धनबहादुर प्रतिष्ठानको आवासगृहमा बस्दै आएका थिए । प्रतिष्ठानभित्र सुरक्षा गार्ड र अन्य गरी झण्डै डेढ सयजना अवैध रुपमा बस्दै आएको बताइन्छ । नियमतः प्रतिष्ठानमा कार्यरत् कर्मचारीलाई मात्र प्रतिष्ठानले प्रक्रियाअनुसार आवास उपलब्ध गराउन पाउने व्यवस्था छ । प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले आइतबार सूचना जारी गर्दै अनाधिकृत रुपमा प्रतिष्ठानको आवासमा बसोबास गर्दै आउनेलाई २४ घण्टाभित्र आवास खाली गर्न निर्देशन दिएका हुन् ।
२४ घण्टाभित्र आवास खाली नगरिए प्रतिष्ठान आपैंmले खाली गराउने जनाइएको छ ।सूचनामा ‘प्रतिष्ठानभित्र केही दिनअगाडि भएको घटनाका कारण आन्तरिक सुरक्षालाई मध्यनजर गर्दै र भविष्यमा पनि यस्ता प्रकृतिका घटना हुन नदिन’ भन्दै सेक्युरिटी गार्डबाट लागूऔषध बरामद भएको विषयलाई दर्शाउन खोजिएको छ ।