धरान / मोटरसाईकल लुटपाट गर्ने पाँच जनाको समूहलाई इलाका प्रहरी कार्यालय पकली सुनसरीले चार जना युवालाई शनिवार राती नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा बक्लौरी –१ का १९ बर्षीय सन्दिप तामाङ्ग, १७ बर्षीय दिपेश तामाङ्ग, १७ बर्षी सरोज खवास र १७ बर्षीय उज्वल चौधरी रहेका छन् ।
उनीहरुले भदौ १७ गते राती १२ बजेको समयमा बक्लौरी –१ का बेचन भन्ने बरीलाल चौधरीको घरमा ५ जनाको समुहमा आएका व्यक्तिहरुले निजको घरमा रहेको को.९प.२४२१ न.को पल्सर मोटरसाइकल लुटेका थिए । यस्तै सोही राती १२ः३० बजे स्थानिय सरोज ठाकुरको घरबाट ग.२प.५७३२ न.को मोटरसाइकल समेत लुटी लगेको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर शान्तिराम कार्कीले जानकारी दिए ।
घट्ना भएको सूचना पाए पछि प्रहरीले खोज तलास शुरु गरेको थियो । उनीहरुलाई बक्लौरी १ उज्वल चौधरीको घरमा लुकाई राखेको अवस्थामा मोटरसाईकल बरामद गरिएको हो । घट्नामा संलग्न एक जना भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाईकल धनीलाई कुटपिटसमेत गरेका थिए । डाँका मुद्धामा जाहेरी परेकाले आईतबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुर गरिएको इन्स्पेक्टर कार्कीले जानकारी दिए ।