सिरहा/सिराहा प्रहरीले अवैद्य रुप्मा उत्पादन गरेको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । gharelu madira अन्दाजी २ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । उनकै नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका ६ मा रहेका घरेलु मदिरा बनाउने घरहरुबाट दुई हजार लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको हो । प्रहरीले ती घरहरुमा घरेलु मदिरा उत्पादन गर्न बनाइएको भट्टी (चुल्हो) समेत नष्ट गरेको छ।