धरान/धरानबाट पहाडी क्षेत्रमा चलाउन थालिएका साना यात्रुवाहक सवारीसाधनलाई यातायात क्षेत्रका सिण्डिकेट सञ्चालकले प्रहरीनै प्रयोग गरेर अवरोध गरेका छन् । गृह मन्त्रालय र सरकारी निर्णय विपरीत नयाँ सवारीसाधन सञ्चालनमा अवरोध गर्दैआएका सिण्डिकेट सञ्चालकलाई धरान प्रहरीले नै सहयोग पु¥याउँदै गाडी र चालकलाई नियन्त्रणमा लिएपछि समस्या चर्किएको छ । सुनसरी यातायात व्यवस्था समितिको नाममा ग्रामीण र पहाडी क्षेत्रका सडक कब्जा गरिरहेका व्यवसायीले स्थानीय प्रहरी प्रयोग गरी नयाँ सवारीसाधन सञ्चालनमा अवरोध गरेका हुन् ।
करीब १ दर्जन नयाँ व्यवसायीले बोलेरो लगायतका सवारी साधन ल्याएर भानुचौकहुँदै तेह्रथुमसम्म यात्रु सेवा सञ्चालन थालेपछि सो क्षेत्रको सडकमा एकाधिकार कायम गर्दैआएको समितिले प्रहरी प्रयोग गरेर अवरोध पु¥याएको नयाँ व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार शुक्रबार बिहान भानुचौकस्थित बसपार्कमा को. १ ज २७५६ नम्बरको बोलेरोमा यात्रु चढाउँदै गर्दा प्रहरी आएर चालकसहित गाडी नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतको पैmसला र सिण्डिकेट प्रथा अन्त्यको सरकारी घोषणा विपरीत सिण्डिकेट सञ्चालकले प्रहरीको सहयोगमा सञ्चालनमा अवरोध गरेपछि नयाँ व्यवसायीले यातायात सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन अनुरोधसहित इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
यातायात व्यवस्था कार्यालयबाट कोशी अञ्चलभित्र सञ्चालन अनुमति रुट परमिट इजाजतपत्र लिएका नयाँ यातायात व्यवसायीलाई यातायात सञ्चालनमा अवरोध गरिएको विषयमा जिज्ञासा राख्दा डिएसपी ढकेन्द्र खतिवडाले दुई पक्षबीच झडपको सम्भावना बढेपछि चालक र गाडीलाई नियन्त्रणमा लिएको बताए । उनले प्रचलित कानुन, सरकारी निर्णय र सम्मानित सर्वोच्च अदालतको पैmसलाबमोजिम यातायात सञ्चालनका लागि प्रहरीले सहयोग गर्ने बताउँदै सिण्डिकेट सञ्चालकलाई सहयोग नगरेको दाबी गरे । नयाँ व्यवसायीले यातायात सञ्चालनमा अवरोध गरेको भन्दै शान्ति–सुरक्षा माग गरी निवेदन दिएको विषयमा उनले सरकारी प्रक्रिया पूरा गरेर यातायात सञ्चालनका लागि आउने नयाँ व्यवसायी र सवारीसाधनको सुरक्षाको व्यवस्था मिलाउने जनाउँदै आवश्यक परेको खण्डमा प्रहरी नै परिचालन गरिने समेत उल्लेख गरेका छन् ।
उता सडकमा एकाधिकार जमाउँदै वर्षौंबाट सडक कब्जा गर्दैआएका सिण्डिकेटका सञ्चालक एवं सुनसरी यातायात व्यवस्था समितिका अध्यक्ष राम परियार सहितका पदाधिकारीले भने समितिको अनुमति र सहमतिविना कसैले पनि सवारीसाधन चलाउन नसक्ने दाबी गरेका छन् । राज्यले अर्बौैं रुपैयाँ लगानी गरेर बनाएका सडकमा सवारीका साधन चलाउन तपार्इंहरुको अनुमति किन लिने भन्ने प्रश्नमा उनले वर्षौंबाट आपूmहरुले यातायात चलाएको सडकमा अनुमति र सहमतिविना यातायात सञ्चालन गर्न नदिने र नपाइने हास्यास्पद अनि गैरकानुनी तर्क गरे ।अध्यक्ष परियारले यातायात व्यवसायीका संस्थामा दर्ता नभएका र सदस्य नबनेका व्यवसायीका गाडीलाई चलाउन नदिने बताएका छन् । अनुमति राज्यबाट लिने हो कि तपार्इंहरुबाट भन्ने प्रश्नमा भने उनले राज्यले अनुमति दिएकै भरमा गाडी चलाउन नसकिने जिकीर गरे ।यातायात सञ्चालनमा अवरोध गरिएको विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धरानका इञ्चार्ज आईन्द्रविक्रम बेघाले आप्mनो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले सरकारी निर्णय र कानुनको धज्जी उडाउँदै राज्यले अर्बौं रुपैयाँ लगानी गरेर बनाएका सडकमा सीमित व्यवसायीले कब्जा गरेर बस्न नपाउने बताए ।
उनले सीमित व्यवसायीको हित र मुनाफाका लागि सडकमा उनीहरुको कब्जा कायम हुन नदिने बताए । उनले नयाँ व्यवसायीले कानुनबमोजिम यातायात सञ्चालनको अनुमति लिएर आए आप्mनो दलले सञ्चालनमा सहयोग गर्ने वचन पनि दिएका छन् ।यसैगरी धरानका यातायात मजदुर नेता लक्ष्मी बानिया पनि सडक कसैले कब्जा गर्न नपाउने र कुनैपनि रुपमा सिण्डिकेट सञ्चालन गर्न नपाउने तर्क गर्छन् । उनले कानुनी प्रक्रिया पूरा गरेर यातायात सञ्चालन थाले यातायात मजदुरले सहयोग गर्ने बताए । नेकपा एमाले धरानका अध्यक्ष तारा सुब्बा पनि राज्यले बनाएका सडक कब्जा गरेर सीमित व्यवसायीले मात्रै यातायात सञ्चालन गर्न नपाउने तर्क गर्छन् । उनले सङ्घसंस्था र समितिका नाममा कसैले पनि सिण्डिकेट चलाउन नपाउने बताए । नयाँ व्यवसायीलाई यातायात सञ्चालनमा अवरोध गरिनु गैरकानुनी कार्य भएको जनाउँदै सुब्बाले कानुनी प्रक्रिया पूरा गरेर आउने नयाँ व्यवसायीलाई निर्वाध यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरे । उनले एमाले धरान कमिटी सिण्डिकेट विरुद्धमा रहेको स्पष्ट पारे । यस्तै नेपाली काङ्ग्रेस धरानका सचिव श्याम पोखरेलले पनि कानुनबमोजिम सञ्चालनको अनुमति पाएका सवारीसाधनले निर्वाध चल्न पाउनुपर्ने बताएका छन् । उनले आप्mनो दल सिण्डिकेट प्रथाको विरुद्धमा रहेको स्पष्ट पार्दै कानुनी प्रक्रिया पूरा गरेर आएका नयाँ व्यवसायीलाई यातायात सञ्चालनमा सहयोग गर्ने बताए । सुनसरीका सहायक सिडिओ चण्डेश्वर पोखरेलले यातायात व्यवस्था कार्यालयबाट अनुमति पाएका सवारीसाधन सञ्चालनमा धरानमा अवरोध भएको विषयमा आपूmसँग कुनै जानकारी नआएको बताएका छन् । उनले सरकारी अनुमति पाएका सवारीसाधन सञ्चालनका लागि सुरक्षा प्रवन्ध मिलाइने बताए । पोखरेलले कुनैपनि नाममा कसैलेपनि सडकमा एकाधिकार कायम गर्न नपाउने जनाउँदै नयाँ व्यवसायी अवरोध भयो भनेर प्रशासनमा आए कानुन बमोजिम सबै किसिमको सहयोग गर्ने जनाएका छन् ।