भोजपुर/ पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । घना जङ्गलबीचमा रहेको अनेकौं इतिहास र किंवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्न थालेको छ । यो पोखरीबाट नदी बन्दैगर्दा कलियुग अल्पेको त्यहाँका स्थानीय बूढापाकाको भनाइ छ ।पोखरी वरिपरि खोल्सा देख्न सकिन्छ । यो ठाउँ बाह्रै महिना अँध्यारो देखिन्छ ।
किंवदन्तीअनुसार कहिलेकाहिँ पोखरीमा तामाको गाग्री तैरिने गरेको तर नजिकै डिलमा पुग्दा हराउने गरेको स्थानीय राजकुमार खत्रीको भनाइ छ, तर पोखरीमा नजिकै जाँदा भास्सिएर जानै नसकिने उनले बताए ।अभैmसम्म पनि यात्रा सफलताको कामनाको लागि पोखरीको पानी चढाउने तथा पूmलपाती चढाउने गरेको पाइन्छ, जतिबेला घना जङ्गलको बाटो खोटाङ तथा सोलुखुम्बु जिल्लासम्मका यात्रुका लागि तथा तराईसँग जोड्ने सिम्ले, बराहक्षेत्र, चतरा, धरान जाने बाटोको रूपमा पनि लिने गरिएको थियो ।
पोखरी बचाइराख्न सम्बन्धित निकाय, स्थानीय, समाजसेवी, बुद्धिजीवी सङ्घसंस्थासँग पहल गर्नुपर्ने स्थानीयको भनाइ छ । पोखरीको संरक्षण हुनसकेमा पर्यटनको विकास भई गाउँघरमै आर्थिकरुपमा स्थानीयको जीवनस्तर उकास्न सकिने आँकलन छ ।