विजयपुर/धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सुरक्षा ठेक्का लिएको केटिएम सेक्युरिटी सर्भिसका एक म्यानेजरको कोठाबाट प्रहरीले लागुऔषध बरामत गरेको छ । केटिएम सेक्युरीटी सर्भिसेजका प्रतिष्ठान स्थित सहायक म्यानेजर धनबहादुर राई(पचासी)को कोठाबाट इलाका प्रहरी कार्यालय धरानको टोलिले लागुऔषध बरामद गरेको हो । KTMGroups- प्रहरीले लागुऔषध कारोबारमा सम्लग्न रहेको भन्दै धनबहादुर राइ (पचासी)का साथी धरान –८ का राजु राईलाई नियन्त्रणमा लिएको छ । केटिएमका सहायक म्यानेजर धनबहादुर राई फरार रहेको प्रहरीले जनाएको छ । यो सँगै केटिएम सेक्युरीटी अनुसन्धानको दायरमा तानिने भएको छ । केटिएम सेक्युरीटीलाई प्रतिष्ठानले उपलब्ध गराएको कोठाबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । सहयाक म्यानेजर राईको कोठबाट ८० थान एसटि र ३ बोतल कोरेक्स र १४ हजार २ सय रुपैया नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।लागुऔषध बरामद गरिएको कोठा प्रतिष्ठानका जुनियर डाक्टरलाई उपलब्ध गराईएको क्वाटर छेउमा पर्छ । केटिएक सेक्युरीटीले प्रयोग गर्दै आएको रहेको ८८ नम्मरको कोठाबाट लागुऔषध बरामद गरिएको हो । प्रहरीले केहि दिन अगाडि प्रतिष्ठान छेबाट एक एम्बुलेन्स चालकबाट समेत लागुऔषध बरामद गरेको थियो । प्रहरी श्रोतका अनुसार प्रतिष्ठान आसपासमा लागुऔषध कारोबार गर्ने गरेको भन्दै प्रहरीले धनबहादुर राई सहित केहिलाई निगरानीमा राखेको थियो । श्रोतले दिएको जानकारी अनुसार धनबहादुर राईका साथी राजु राई दैनिक जसो त्यहाँ आउने गरेका थिए । अस्पताल भित्र लागु औषध कारोबार गर्नु वा प्रयोग गर्नु अपराध मानिन्छ । उनीहरुले लागुऔषध कारोबारका लागि प्रतिष्ठानलाई सुरक्षित ठाउको रुपमा प्रयोग गर्ने गरेको श्रोत बताउछ । प्रतिष्ठान हाता भित्र र हाता बाहिरबाट लागु औषध बरामद हुनुले यस अघिबाट नै कारोबार हुने गरेको कुरालाई पुष्टि गर्छ श्रोतले भन्यो ।केटिएम सेक्युरीटीको क्षेत्रिय म्यानेजर रुपम लामाले प्रहरीको अनुसन्धानलाई आफुहरु सहयोग गर्ने बताएका छन् । कारोबारमा संम्लग्नलाई कारबाही हुनु पर्छ हामी अनुसन्धानमा सहयोग गछौं लामाले भने ।प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले अस्पतालको सुरक्षा गर्ने जिम्मा पाएको कम्पनीको कर्मचारीको कोठाबाट लागुऔषध फेला पर्नु संम्बेदनशील भएको भन्दै यस बिषयमा केटिएम सेक्युरीटीलाई स्पस्टिकरण लिने बताएका छन् । ‘कारोबारमा संम्लग्नलाई कारबाही गर्न निर्देशन दिएको छु श्रेष्ठले भने प्रतिष्ठानले कारबाहीका थप प्रकृयाहरुपनि चाल्छ । प्रहरीले कोठाबाट लागु औषध बरामद गरेपछि फरार रहेका धनबहादुर राईले भने आफु लागुऔषध कारोबारमा संम्लग्न नरहेको बताए ।पत्रिकाको कार्यालय बाट बोलेको भनेपछि उनले फोन काटेका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले धनबहादुर राईको खोजीकार्य भई रहेको बताएका छन् ।