धरान / सेतै फुलेको कपाल, झुस्स सेतै दारी, काँधमा कालो झोला भिरेको सुपाडे सर्ट र पेन्टमा ठाटिएर नियमित धरान इटहरी गरिरहेन । होचा कदका यि बयस्क मान्छे झट्ट हेदा विद्धान जस्ता लाग्दैन् । तर नेपाली भाषा र राष्ट्रभाषाका विषयमा घण्टौ बहस गर्न सक्छन् । संस्कृतबाट शास्त्री र नेपालीबाट एमए सकेका प्राध्यापक डा. टङ्क न्यौपानेले आ
ठपरिया राई भाषामा विद्यावारिधि सकेका छन् । लामो प्रध्यापन पेसाबाट एक बर्ष अघि अवकास पाए पनि उनी नेपाली भाषाको ज्ञान विद्यार्थीहरुलाई बाढ्न थाकेका छैन् । नीजी कलेजहरुमा उनी पढाईरहेका छन् ।
होचा कदका यि अल्गा मान्छेलाई आज नागरिकको तर्फबाट भव्य अभिनन्दन गरिएको छ । इटहरी र धरान शहरमा रथारोहण गरि सम्मान गरिएको छ । पाँच फिट अग्लो अभिनन्दन पत्र, ७३ साहित्यिक संस्थाको अभिनन्दन विहीबार गरिएको हो । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनलाई अभिनन्दन गरेका छन् । यही अवसरमा ५ सय ५० पृष्ठको ५० जनाभन्दा बढी विद्धानहरुले लेखेको अभिनन्दन ग्रन्थ ’सडकदेखि शिखरतिर’ को विमोचन गरियो । राष्टूपति, प्रधानमन्त्री तथा प्रज्ञा प्रतिष्ठानका कुलपतिको शुभकामनासहितको सम्मान उनलाई गरिएको छ ।
विहान ८ बजेदेखि विभिन्न जातीका झाकीसहितको टोलीले नगरपरिक्रममा गरेर ११ बजे धरान प्रवेश गरेको थियो । धरान–१२ पब्लिक उच्च माविबाट निस्कीएको झाकी नगर परिक्रममा गरि सैनिक भवनमा पुगेर कार्यक्रमा परिणत भएको थियो । ७३ साहित्यिक संस्थाको अभिनन्दनसँगै अन्य धरानका एक दर्जन बढि संघ संस्थाहरुले छुट्टाछुट्टै अभिनन्दन गरेका छन् ।
सानै उमेरमा आमा गुमाए टुहुरो बनेका प्राडा न्र्यौपाने छिमेकी महिलाको दूध खाएर हुर्केका प्राडा न्यौपाने धरानका ेगहना भएकोले सम्मान कार्यक्रम नागरिक स्तरबाट गरिएको अभिनन्दन समारोह व्यवस्थापन समितिका संयोजक गोपिकृष्ण खतिवडाले जानकारी दिए । मन्दिरमा अपाङग बाबुसँग बसेर भोजनवृत्ति पाई अध्ययन गरेका प्राडा न्यौपाने आठपारिया राई भाषामा विद्यापारिधी गरेर नेपालीभाषाविद्का रुपमा कहलिएका छन् ।
आठपहरिया राई भाषामा विद्यावारिधि गरेको न्यौपानेले लोहरूड भाषा, लिम्बु भाषा र नेपाली भाषाको तुलनात्मक अध्ययनलगायत ब्याकरण सम्बन्धी काम गरेका छन् । प्राडा न्यौपानेले सामाुदायिक विद्यालय तथा नीजी विद्यालयका पुस्तकहरु लेखेका छन् । राजधानीमा भएका भाषा सुधारका नाममा गरिएको काम प्रति उनीहरुले मोफसलबाट सिङगल अभियान संचालन गरेर नेपाली भाषालाई समृद्ध बनाउन योगदान दिएका थिए । अभिनन्दनले आफूलाई खुसीभन्दा पनि जिम्मेवार बनाएको प्राडा न्यौपाने बताए । । नागरिकको सम्मान उच्च सम्मान भएको बताउदै आफुलाई गौरव लागेको बताए । कार्यक्रममा प्राज्ञ खेम नेपाली, आसामका साहित्यकार रण काफ्लेलगायत साहित्यकार, प्राध्यापकहरुको उपस्थिति रहेको थियो । तस्विर नारायण सुवेदीकाे फेसबुकबाट