धनकुटा/ चर्चित लोकगायक खेमराज गुरुङको सम्झनामा सोमबार धनकुटाको पाख्रीवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । भदौ ९ गते साँझ उपचारको क्रममा काठमाडौंमा निधन भएका लोकगायक गुरुङको सम्झनामा तमु छोंज धि जिल्ला कार्य समितिले श्रद्धाञ्जलि सभा आयोजना गरेको हो ।

[caption id="attachment_12128" align="alignnone" width="1024"]? ?[/caption]

श्रद्धाञ्जलि सभा पाख्रीवासस्थित तमु बौद्ध गुम्बा परिसरमा भएको थियो ।पाख्रीवास नगरपालिका–४ का जेष्ठ नागरिक ८२ वर्षीया नैनकला गुरुङले स्वर्गीय गुरुङको तस्विरमा माल्यार्पण गर्नुको साथै स्वर्गीय आत्माको चीरशान्तिको लागि दीप बालेकी थिइन् । अवसरमा स्वर्गीय गुरुङको आत्मा शान्तिको लागि एक मिनेट मौन धारण गरेर कार्यक्रममा सहभागी सबैले गुरुङको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

तमु छोंज धि धनकुटाका अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा पाख्रीवास तमु गुम्बाका लामा पाल्देन दोर्जे, आदिवासी जनजाति पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष सन्तवीर लामा, महिला सञ्जाल पाख्रीवासका संयोजक गङ्गाकुमारी गुरुङ, म्हानी मलम समूहका अध्यक्ष कल्पना गुरुङ, पाख्रीवास तमु आमा समूहका अध्यक्ष धनमाया गुरुङ र तमु गुम्बा विकास समिति पाख्रीवासका अध्यक्ष भक्तबहादुर गुरुङ लगायतले स्व. गुरुङले नेपाली लोक सङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन तमु छोज धि धनकुटाका सचिव निरोज गुरुङले गरेका थिए ।