पाँचथर/ जिल्लाको भारपा–२ जोरपोखरीस्थित दबदबे खोल्सीमा रहेको नेपाली सेनाको अस्थायी तालिम केन्द्र अन्यत्रै सार्न स्थानीयले माग गरेका छन् ।तालिम केन्द्रका कारण सो क्षेत्रका स्थानीयलाई असजिलो भएको भन्दै सार्न माग गरिएको हो । सो स्थानमा नेपाली सेनाले पुस महिनादेखि वैशाखसम्म पाँच महिना तालिम सञ्चालन गर्ने गरेको छ । जसले गर्दा सर्वसाधारण र विद्यार्थीलाई आवतजावत गर्न, नजिकै काम गर्न र विभिन्न पेशा–व्यवसाय गर्न समेत अप्ठ्यारो परिस्थित सिर्जना हुने गरेको स्थानीय कूलप्रसाद लाओतीले बताए ।
[caption id="attachment_12121" align="alignnone" width="800"]
तालिमको क्रममा गरिने फायरिङका कारण व्यवसायमा घाटा व्यहोर्नु पर्ने अवस्था आएको तारोहाङ बङ्गुर तथा पशु फार्मका सञ्चालक कर्णश्याम लाओतीले गुनासो गरे । फायरिङ गरिंदा फार्मका बङ्गुर तथा पशुहरु तुहिने गरेको आओतीको भनाइ छ । यस्तै फायरिङ हुँदा नजिकको बस्ती र बजार क्षेत्रमा समेत त्रासको अवस्था सिर्जना हुने गरेको लावतीले बताए ।सो क्षेत्रमा २०५२ सालदेखि सेनाले तालिम सञ्चालन गर्दैआएको छ । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै जोरपोखरीमा २०५९ सालमा सेनाको क्याम्प स्थापना भएको थियो । भारपा गाविसका तत्कालीन गाविस अध्यक्ष तिलविक्रम इधिङ्गोका अनुसार त्यतिबेला तीन महिने अस्थायी तालिम केन्द्र सञ्चालनको लागि भनेर सेनालाई ४० रोपनी जग्गा उपलब्ध गराइएको थियो । तर हाल आएर उक्त स्थानको ४ सय रोपनीभन्दा बढी जग्गा तालिम केन्द्रको नाममा अधिग्रहण गर्न लागिएको स्थानीयको आरोप छ ।अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९ ले व्यवस्था गरेको प्रावधान विपरीत राज्यले स्थानीयको अनुकूलता र प्रतिकूलतालाई ध्याननै नदिइ काम बढाइरहेको नेपाल आदिवासी जनजाति महासङ्घ गाउँ समन्वय परिषद्का अध्यक्ष हरिराज लोवाले आरोप लगाए । ‘सेना बस्नुहुँदैन भन्ने स्थानीयको कुरा होइन’, उनले भने, ‘तर कम्तीमा स्थानीय सरोकारवालासँग समन्वय गर्नुपथ्र्यो ।’तालिम केन्द्रको विषयमा सेनाले पनि सो क्षेत्रका केही स्थानीयले असन्तुष्टी राख्दै आएको स्वीकारेको छ । तर वर्षमा जम्मा ६ दिन मात्र तालिमको क्रममा फायरिङ गरिने बताइएको छ । सकेसम्म स्थानीयलाई असहज नहोस् भन्ने किसिमले नै तालिम सञ्चालन गरिंदै आएको पनि सेनाको भनाइ छ । यस्तै प्रमुख जिल्ला अधिकारी किरण थापाले पनि आवश्यक परामर्शका लागि असन्तुष्ट स्थानीयलाई बोलाएको तर उपस्थित नभएको बताए ।[/caption]
न्यायमा परेको गुनासो ः
सेनाले तालिम केन्द्र सञ्चालन गर्दैआएको सोही जग्गाको विषयमा भारपाका यवा परिवारले भने आपूmहरु अन्यायमा परेको दुःखेसो पोखेका छन् । भारपाका यवा परिवारका अनुसार सो जग्गाको विषयमा अर्खौलेका धर्मानन्द मैनाली वादी र भारपाका जङ्गवीर तथा अरन्धोज यवा प्रतिवादी भएर लामो समयसम्म मुद्दा चली वि.सं. १९८८ सालमा यवा परिवारले मुद्दा जितेका थिए । तीन पुस्तासम्म चलेको उक्त मुद्दा लड्ने क्रममा सबै सम्पत्ति सकिएपछि जङ्गवीर र अरन्धोजका केही सन्तान परदेशिएका र रहेकाले भोगचलन गर्दैआएको उनीहरुको दाबी छ । जङ्गवीरका नाति नरेन्द्रकुमार यवाका अनुसार उक्त जग्गा होमप्रसाद यवाको नाममा ७ नं. फारममा दर्ता छ । तर सबै दाजुभाइ घरमा नभएकाले २०३२ को नापीमा सबै जग्गाको नापी गर्न छुटी ओइलेनी जग्गाको रुपमा छ । नापी हुन नसकेको उक्त जग्गा करीब दुई हजार रोपनी रहेको नरेन्द्रको भनाइ छ । सो जग्गा जङ्गवीर र अरन्धोजकै हो भन्ने यथेष्ट प्रमाणहरु आपूmहरुसँग भएको पनि उनले बताए । आपूmहरुले नै २०६६ सालमा जोरपोखरी प्रहरी चौकीको लागि पनि करीब १५ रोपनी जग्गा उपलब्ध गराएको नरेन्द्रले बताए । तर सल्लाहनै नलिइ आप्mनो पुर्खाको जग्गा अधिग्रहण गर्न लागेको भन्दै जंगवीर र अरन्धोजका सन्तानहरुले आपूmहरु मारमा परेको गुनासो गरे । यसबारे उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्पmत् नेपाल सरकारलाई पत्र समेत पठाएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी किरण थापाले भने यो विवाद आपूmहरुले नभएर अदालतले मात्र टुङ्गो लगाउने बताएका छन् । सरकारी जग्गा भएको थाहा हुन आएकाले त्यसको संरक्षण गर्न लागिएको प्रजिअ थापाको भनाइ छ ।