सुनसरी/ नेपाल पत्रकार महासंघ सुनसरी सचिव तथा ब्लाष्ट टाइम्स दैनिकका इटहरी सम्वाददाता बाबुराम सुवेदीसहित सामाजिक क्षेत्रमा सक्रिय सात जना व्यक्तत्वलाई इटहरीमा सम्मान गरिएको छ । नेपाली काँग्रेस इटहरी–५ नम्वर वार्ड समितिको आयोजना मंगलबार भएको तीज विशेष तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा महिलाको क्षेत्रमा सक्रिय राधिका थापा तथा जगमाया घिमिरे, रत्नमाया कार्की, शिवराज सापकोटा, विन्दु कटुवाल र रामप्रसाद दाहाल रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस इटहरी उपमहानगर समिति सभापति हेमकर्ण पौडेलसहित अन्य अतितिथहरुले सम्मान गरेका थिए । इटहरी– ५ स्थित राजस्व ढाड चौकमा भएको कार्यक्रममा सम्मान कार्यक्रममा साथै स्थानीय महिलाहरुको सहभागितामा तीज गीतमा नृत्य तथा राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि हेमकर्ण पौडेल सहित काँग्रेस सुनसरी सदस्य दिपक ढकाल, किसान संघका सरोज दुलाल, विद्या कार्कीलगायतले कार्यक्रमका शुभकामना मन्तव्य राखेका थिए । वार्ड सभापति नरनाथ सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको संयोजन विमला ढकालले गरेकि थिइन् ।