पथरी/ तिन दिन देखि बेपता भएका झापा शनिअजुर्नधारा ४ को शम्भू खत्रीलाई प्रहरीले कानेपोखरीबाट अचेत अवस्थामा भेटेका छन् । प्रहरीले कानेपोखरी देखि पश्मि सानो चिसाङपुल उत्तरपटि जंगलमा सोमबार राती अचेत अवस्थामा भेटेको हो । खत्रीलाई मंगलबार अस्थाई प्रहरी चौकी कानेपोखरीले श्रीमती भगिरथा थापालाई २ लाख ५ हजार ५ सय रकम सहित श्रीमान खत्रीलाई जिम्मा लगाएको हो । खत्रीले २ लाख ५३ हजार र १ तोला सुन सहित आइतबार देखि बेपता भएका थिए ।

[caption id="attachment_12096" align="alignnone" width="960"]pande  रकम हस्तान्तरण गर्दै असई पाण्डे र रकम बुझ्दै भगीरथ थापा[/caption]

उनको साथबाट मोबाइल र १ लाख ५० हजार रकम प्रहरीले फेला पारेका थिए । मंगलबार विहान होसमा आएका खत्रीले आफ्नो पैसा २ लाख भएको बताए पछि विहान सोहि स्थानमा खोज्न जादा ५० हजारको विटो हल्का पानीले भिजेको अवस्थामा भेटेको चौकीका असई नरेश पाण्डेले बताए । उनले भने –‘रक्सीको गन्ध आएकोले धेरै रक्सी खाएर अवस्था अतेत भएको हो । दश हजारमा मान्छेको ज्यान समेत मार्ने गरेका तथ्य छन्, धन्न प्रहरीले थाहा पायो र जोगियो।’ खत्रीले सोमबार नाइटको लागी कानेपोखरी–काठ्माडौको मितेरी यातायातको १३०० सयको टिकट पनि गरेको थियो । १ कट्ठा घरेडी बेचेर राखेको बिर्तामोड स्थीत राष्ट्रिय वाणिज्य बैंकमा १३ लाख मध्ये २ लाख झिकेको र श्रीमतीसँग ५३ हजार सहित सो बराबरको रकम सहित बेपता भएका थिए । ५ बर्ष अघि विबाह गरेको खत्रीको १ छोरो सहित डेरामा बस्दै आएको थिए । ४ महिना अघि बैदेशिक रोजगार कतारबाट आएको श्रीमती भगीरथा थापाले बताए । उनले भनीन् श्रीमान र रकम भेटाइदिनु भो प्रहरीलाई धन्यावाद छ ।