राजविराज / सप्तरीको त्रिकोल गाविस–९ मा एक बालिकाको पोखरीमा डुवेर मृत्यु भएको छ । आफनै घर नजिकै रहेको पोखरीमा डुवेर रामकुमार मण्डलको १३ वर्षीय छोरी संतोसी मण्डलको मृत्यु भएको हो । संतोसीको भैसीलाई नुहाउने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार मृतकको शव राजविराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको छ ।