पाँचथर/ लामो प्रतिक्षापछि अन्ततः पाँचथर सदरमुकाम फिदिम बजारमा स्वच्छ पिउने पानी आपूर्ति शुरु भएको छ । बजारबासीलाई लक्षित गरी शुरु भएको साना शहरी खानेपानी आयोजना सम्पन्न भएपछि पहिलो चरणमा वडा नम्बर १ अर्थात् मुख्य बजार क्षेत्रमा खानेपानी आपूर्ति शुरु भएको हो ।

water

शुक्रबार फिदिममा आयोजित एक कार्यक्रममा फिदिम साना शहरी खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले सन् २०२७ सम्मका लागि खानेपानीको समस्या हल भएको बताए । सो अवसरमा बजारबासीको स्वच्छ खानेपानी उपभोग गर्ने वर्षौंको सपना पूरा भएको भन्दै खुशी व्यक्त गरे । निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले प्राविधिक लगायत अन्य विविध कारणले ढिलो भएको आयोजनाले पूर्णता पाएको बताए ।

जिल्लाको रानीटार गाविसस्थित नाम्दु खोलाबाट १६ किलोमिटर लामो पाइपलाईनमार्पmत् फिदिमको माथिल्लो गाउँमा रहेको प्रशोधन कक्षमा पानी खसाइएको छ । फिदिम बजारको करीब २० हजार जनसङ्ख्या आँकलन गरेर उनीहरुका लागि पानी आपूर्ति गरिएको हो । उक्त खानेपानी फिदिम नगरपालिका १, २, ४ र ५ नम्बर वडामा वितरण गरिने बताइएको छ ।