मिस तिज उपाधिमा १७ जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गरेका थिए । मिस तिजमा कार्यक्रमका प्रमुख अतिथी तथा लायन्स क्लव इन्टरनेशनल एरिया कोअर्डिनेटर धिरज गुरुङ्ग, पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष रेखा गुरुङ्ग, फिटनेस क्लवका संचालक कविर भगत प्रधानांङ्ग, हिरो मोटरसाइकल सोरुमका संचालक महेश राई, ग्लामा जोनका संचालक विद्या सुव्वा र मिस कोशी १९९८ कृति श्रेष्ठ निर्णायकको भुमिकामा रहेका थिए ।
कार्यक्रममा करिप एक सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा फिटनेस क्लवका सदस्यहरुले नृत्य प्रस्तुत गरेर र डिजे ललितले नेपाली, हिन्दी र अंग्रजी गितमा सहभागिहरुलाई नचाएर मनोरञ्जन दिलाएका थिए ।
तस्विरः विकास चाम्लिङ राई
































