Chares-brown-suger-300x202धरान / झापाको मेचीनगर नगरपालिका १० बाट प्रहरीले आज ४० ग्राम लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  नुवाकोट ओखरपौवा नगरपालिका ४ बस्ने २९ वर्षिय हरिनाथ कोइराला छन्। कोइरालालाई लागूऔषध नियन्त्रण ईकाई काकडभिट्टाको टोलीले आज दिउँसो १२ः३० बजे पक्राउ गरेको हो। प्रहरीले चेकजाँचका क्रममा कोइरालाले भित्री वस्त्र पेन्टीमा सा–सानो पोका बनाएर लुकाई ल्याएको अवस्थामा ब्राउनसुगर बरामद भएको जिल्ला प्रह्री कार्यालय झापाले जनाएको छ ।  पक्राउ परेका कोइरालालाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।