पाँचकन्या/ धरान–५ स्थित बराह डिपार्टमेण्ट स्टोरले ग्राहकलाई उपहार प्रदान गरेको छ । ३१ सयजनालाई उपहार प्रदान गरिने कार्यक्रम रहेको थियो । बुधबार एक कार्यक्रमका बीच विभिन्न उपहार प्रदान गरिएको थियो । २०७२ साउन १ गतेदेखि २०७३ असार मसान्तसम्म सामान खरिद गर्ने ग्राहकका लागि उपहार योजना ल्याइएको थियो । एक वर्षसम्म खरिद गरेको रकमअनुसारको उपहार योजना ल्याइएको र सोही अनुसारको नै उपहार प्रदान गरिएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर विश्वकर्मा (दियाली) ले जनाए । उनले २०७३÷०७४ का लागि योजना ल्याइसकिएको जानकारी दिए ।

baraha

‘योजनामा सहभागी हुन सदस्यता कार्ड धमाधम वितरण भइरहेको छ ।’ उनले भने । अन्य उपहारसँगै बम्पर उपहार पनि ल्याइएको उनले जनाए । २०७३÷०७४ का लागि हालसम्म २५ सय बढी ग्राहकले सदस्यता लिइसकेको प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए । यस्तै, २०७३÷०७४ मा भाग्यशाली एकजना ग्राहकलाई सुजुकी स्कुटी प्रदान गरिने डिपार्टमेण्टले जनाएको छ । १० हजारदेखि १६ लाख रुपैयाँका खरिदकर्तालाई विभिन्न उपहार प्रदान गर्ने वराहको योजना छ । १६ लाख रुपैयाँका खरिदकर्तालाई ३२ इञ्चको सामसुङ एलईडी प्रदान गरिने शाखा प्रमुख दियालीले जनाए । यसैबीच वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले यही भदौ ५ गते वार्षिकोत्सव मनाउँदै आएकोमा यस वर्ष असोज ८ गते वार्षिकोत्सव मनाउने भएको छ । धरानस्थित भानुचोकमा रक्तदान लगायतका कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउने प्रालिले जनाएको छ । २०७२÷०७३ को उपहार पाउने ग्राहकलाई २०७३ असोज ८ गते भानुचोकमा हुने बराहको २२ औं वार्षिकोत्सवमा गोलाप्रथाद्वारा १५० सिसीको सुजुकी जिक्सर मोटरसाइकल बम्पर उपहार प्रदान गरिने उनले जनाए । यस्तै, बराहले भदौ ११ गते चितवको नारायणगढस्थित हङकङ बजारमा ‘नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि’ नामक शाखा कार्यालय खोल्ने शाखा प्रमुख दियालीले जानकारी दिए ।