-
Home
-
अर्थ
-
सम्पदा निर्माणका लागि तीन लाख सङ्कलन
सम्पदा निर्माणका लागि तीन लाख सङ्कलन
ललितपुर/ऐतिहासिक गाउँ खोकना पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले शनिबार आयोजित साइक्लिङ यात्राबाट रु तीन लाख सङ्कलन भएको छ ।
उक्त यात्रा काठमाडौँको काष्ठमण्डपबाट सुरु भएर बल्खु, चाल्नाखेल, बुङ्मती हुँदै खोकना पुगेको खोकना पुनःनिर्माण तथा पुनःस्थापना समितिका उपाध्यक्ष नेपाल डङ्गोलले बताए । साइक्लिङ यात्रामा ५०० जना सहभागी भएको बताइएको छ ।
साइक्लिङ यात्रामा सहभागी प्रतिव्यक्तिले रु ६००का दरले शुल्क बुझाएका थिए । सहभागीलाई खोकनाका बासिन्दाले क्वाँटी, मेथीको सुप, हाकुजाकी खुवाएर बिदा गरेका थिए ।
गोरखा बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले यस क्षेत्रलाई ध्वस्त बनाएको थियो ।