शनिश्चरे/देशभरीका युवा साहित्यकारहरुलाई एउटै शुत्रमा बाँधेर नेपाली साहित्यलाई नविनतम् रुपमा अगाढि बढाउदै अन्तराष्ट्यिस्तरमा चिनाउने योजनाको अभियान थालिएको छ ।विमर्श युवा प्रतिष्ठान नेपालको पूर्वको सो अभियानमा सघाउँदै झापाको दमक क्याम्पस साहित्यिक मञ्चको संयोजनमा शुक्रबार दमकमा विमर्श भएको छ ।

‘पूर्वाञ्चल युवा सृजना उत्सव’ नाम दिइ पूर्वाञ्चलबाट थालिएको सो अभियानका क्रममा साहित्यकार मनु मन्जिल, मिश्र बैजयन्ती, मुनाराज शेर्मा र रामजी तिम्सिनाले समसामयिक नेपाली साहित्यका बारेमा नविनतम् विमर्श गरेका छन् ।
सो अवसरमा वद्री भिखारी, सुन्दर कुरुप, लीला अनमोल, दीपा प्रहार लगायतले रचना वाचन गरेका छन् ।
अभियान अन्तर्गत पूर्वको विराटनगर, इटहरी र धरानमा यसअघि विमर्श भएको तथा इलाम लगायत पश्चिमका क्षेत्रमा समेत विमर्श सकेर युवा सञ्जालको राष्ट्यि स्वरुप तयार गर्ने विमर्श युवा प्रतिष्ठानका महासचिव कमल चापागाईले सुनाए ।