धरान/वर्षदिन भित्र दिवंगत भएका आफन्तहरुको सम्झनामा निकालिने गाइजात्रा धरानमा पनि निकालिएको छ । gaijatra तस्बिरहरु: उपेन्द्र चाम्लिङ यसवर्ष ३९ परिवारले दिवंगत भएका आफन्तको सम्झनामा गाइजात्रा निकालेका हुन् । गाइजात्राको नेतृत्व सिद्धि नेवा परिषद् धरानले गर्ने गरेको छ । धरान–७ स्थित सिद्धि नेवा परिषद्बाट निकालिएको गाइजात्रा लक्ष्मीचौकसम्म पुगेर टुंगिएको छ । आफन्तहरुको सम्झना गर्दै गाइको स्वरुपलाई विभिन्न मन्दिर परिषरमा पुगेर सेलाइएको छ । ३९ परिवारका आफन्तहरुले घरघरबाट निकालेर सिद्धि नेवामा आइपुगेका थिए । उनीहरुले गाइजात्रालाई सिंहदेवीचोक, श्रीकृष्ण मन्दिरलगायतमा पुगेर सेलाएका थिए । हरेक वर्ष आजकै दिन नेवारको घनत्व भएको क्षेत्रहरुमा गाईजात्रा निकालिने गरिन्छ । राजा प्रताप मल्लको छोरा दिवंगत भएपछि रानीले शोकमा भावविह्वल बनेपछि सबैका छोराछोरीहरु दिवंगत हुने गरेको कुरा अगवत गराउनको लागि गाइजात्रा पर्व निकाल्न थालिएको पौराणिक मान्यता रहेको छ । शोकमा रहेको समयमा पनि हास्यव्यङ्ग्यमार्फत खुसी बनाउँनकै लागि मल्ल राजाको प्रारम्भ गरेका थिए ।20160819_092454 20160819_103254 20160819_104338 20160819_105735 20160819_105930 20160819_110619 20160819_110929