धरान /सोमबार दिउसो चट्याङ लागेर धरानमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर धरान –११ सगरमाथा टोलका २१ बर्षिाय अदिराज राईको मृत्यु भएको हो । chatyang     चट्याङ लागेर मृतक राईका बुबा दलबहादुर राई घाईते भएका छन् । उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।