धरान/धरान–चतरा सडक गत असारमै कालोपत्रे होला भन्ने सपना पालेका चतरावासी ठेकेदारको लापरवाहीको शिकार भएका छन् । काठमाडौँको नागार्जुन कन्स्ट्रक्सन प्रालिले सो सडकको काम समयमा पूरा नगर्दा वराहक्षेत्रवासीको धेरै वर्षअघिको सपना फेरि तुहिएको छ । ६ करोड ४२ लाख रुपैयाँमा ठेक्का पाएको नागार्जुनले सम्झौता भएको दुई वर्ष पूरा हुँदासमेत पक्की सडक नबनाउँदा स्थानीयले सास्ती खेपिरहेका छन् । हाल निर्माणाधीन सडकसमेत भत्किन थालिसकेको स्थानीय बताउँछन् । ‘डामाडोल पारेर छाडेको छ’, चतराका डम्बर सिग्देल भन्छन्, ‘भएको कालोपत्रेसमेत भत्किन थालिसकेको छ ।’
नागार्जुनले समयमा काम पूरा नगर्दा नौ महिनाभन्दा बढी म्याद थप गरिएको पाइएको छ । सयममा काम पूरा नहुनुमा ठेकेदार दोषी देखिए पनि विराटनगर सडक डिभिजन कार्यालयका इन्जिनियरहरुले उल्टै उसकै बचाउ गर्ने गरेका छन् । नागार्जुनबाट पेटी ठेक्का पाएका हजबुल मियासँग निर्माण उपकरणहरु नभएको थाहा पाउँदासमेत उनीहरुले अहिलेसम्म नागार्जुनलाई कालोसूचीमा नराखेको स्थानीय बताउँछन् । ‘यसअघि हामी डेलिगेसनमा जाँदा काम पूरा गरेन भने कम्पनीलाई कालोसूचीमा राख्छौँ भनेका थिए’, सिग्देल भन्छन्, ‘तर अहिले उल्टो म्याद थप गरेको छ भन्ने सुनिएको छ ।’
धरान–चतरा सडक हेरिरहेका डिभिजन सडक कार्यालयका इन्जिनियर दीपेन्द्र चौधरीले म्याद थपको फाइल आइपुगेको जनाउँदै तर म्याद थप भए–नभएकोबारे आपूmलाई जानकारी नभएको बताए । तर उनले आगामी फागुनसम्म म्याद बढेको भने बताउन भ्याए । १२ किलोमिटर लम्बाइको सो सडक ‘रातो किताब’ मा धेरै वर्षअघि नै पक्की बने पनि व्यवहारमा नहुँदा दुःख पाइएको धरान–२७ का पूर्णशङ्कर राईले बताए । ‘यसपल्ट बन्छ भनेर भनेको थियो । यस्तै छ’, राईले भने, ‘रातो किताबमा उहिल्यै बनेको छ भन्छन् तर यहाँ भने यस्तो हालत छ ।’ अहिले चतरावासी मात्रै हैन, त्यस सडकखण्ड वरपरका स्थानीयले सास्ती खेपिरहेका छन् । ‘अभैm कति लाग्ने हो, थाहा छैन’, त्यहीँका रामबहादुर श्रेष्ठ भन्छन्, ‘यसपटक बन्छ भनेको पनि उस्तै भइहाल्यो ।’
सडक नबन्दा धुलो र हिलोको समस्याबाट स्थानीयरु आजित बन्ने गरेका छन् । यसबाट विभिन्न रोगका सङ्क्रमणसमेत पैmलिने गरेको छ । रातो किताबमा भएको कालोपत्रे सडक यथार्थमा हेर्ने सपना सपनामै सीमित बनेको छ । डिभिजन सडकका निमित्त कार्यालय प्रमुख नन्द गुप्ताले म्याद सकिएर पुनः थप भएको बताए । उनले ठेकेदार कम्पनीको बचाउ गर्दै बन्द–हड्तालका कारणले पनि काम हुन नसक्दा म्याद थपिएको तर्क दिए । नागार्जुनका प्रमुख विष्णु पुmँयालले पनि फागुन मसान्तसम्मका लागि म्याद थपिएको फोन सम्पर्कमा बताए । बन्द–हड्तालका कारण काम समयमा हुन नसकेको उनको भनाइ छ । तर समयमा काम पूरा गर्न कन्ट्रयाक्टरलाई उर्दी गरिसकेको उनले बताए । बर्खा सकिनेबित्तिकै काम शुरु गर्न भनिसकेको पुmँयालले जनाए । ‘कालोसूचीमा राख्ने कारण नै छैन’, उनले भने, ‘भाग्यो, हिँड्यो भने मात्रै कालोसूचीमा राख्न मिल्छ ।’