accidentसुनसरी / सुनसरीको रामधुनी भासी ४ स्थित पूर्व पश्चिम लोकमार्गमा आईतबार यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

पोखराबाट काकडभिट्टातर्फ आउदै गरेको लु। १ ख ९३९८ नम्बरको बस अनियन्त्रित भई रामधुनी भासी नपा ४ स्थित सडक किनारको नालीमा खसेको हो। दुर्घटनामा घाइतेहरुको इटहरीका अस्पतालमा उपचार भईरहेको छ ।

बस चालक फरार भएको प्रहरीले जनाएको छ ।