धरान/नेपाल राष्ट्रिय संयुक्त निवृत कर्मचारी संघ जिल्ला कार्य समिति सुनसरीको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । karmachari पब्लिक उच्चमाविको सभाहलमा सम्पन्न सभाले अध्यक्षमा झलकबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षद्धयमा मनप्रसाद लिम्बू, यादवप्रसाद पराजुली रहेका छन् । महासचिवमा कुमार श्रेष्ठ, सचिवमा हेमलाल भट्ट, कोषाध्यक्षमा मञ्जु भण्डारी, सह कोषाध्यक्षमा पर्शुराम गजमेर चयन भएका छन् । यसैगरी सदस्यहरुमा ठडेन्द्रकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, कमला तामाङ, मनप्रसाद सिटौला, उद्दव घिमिरे, भुपेन्द्र कटवाल, लगायत छन् । जेठ ८ गते विशेष साधारण सभाले पूर्व अध्यक्ष भोलाप्रसाद चौधरीलाई हटाएपछि नयाँ कार्य समिति चयन गर्नु परेको संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिए । कार्य समितिले भवन निर्माणलाई तिब्रता दिने र संस्थालाई चुस्त दुरुस्त बनाउँदै नयाँ सदस्यहरुसमेत बढाउँदै लाने योजना बनाएको छ । २०६८९ सालमा स्थापना भएको संघको हालसम्म पनि साधारण सभा भएको थिएन् । निर्वतमान उपाध्यक्षसमेत रहेका झलकबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य पुरुषोत्तम भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन मनप्रसाद लिम्बूले गरेका थिए । संघले १५ धुर जग्गामा भवन निर्माण गरिरहेको छ ।