भद्रपुर/केहि दिन देखि झापाको रक्तसञ्चार केन्द्र भद्रपुरमा रगतको अभावलाई मध्यनजर गरी भद्रपुर जेसिजले रक्त दानको आयोजना गर्ने भएको छ ।
भद्रपुर जेसिजले यही साउन ३२ गते मंगलवार रेडक्रस झापाको प्राविधिक सहयोगमा रक्त दान कार्यक्रम गरिने जनाएको छ ।
भद्रपुर नगरपालिकाको संयुक्त वडा कार्यालय चन्द्रगढीमा विहान ९ बजेवाट रक्त दान शुरु गरिने भद्रपुर जेसिजका वर्ष १६ का अध्यक्ष भरत प्रशाईले जानकारी दिए ।
वर्षायामको समयमा सुत्केरी महिला र मौशम परिवर्तनका कारण विरामीको संख्यामा बृद्धि भई रगतको बढी खपत हुने देखिएकोले आवश्यक्तालाई मनन गरी रक्त सञ्चार केन्द्रले अनुरोध गरेसगै यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रशाईले बताए । रगत दान गरी जिवन बचाइ दिन हुन सवै समुदायलाई आयोजकले अनुरोध गरेको छ ।