अनेम संघकाे रत्तदान हुँदै
- साउन २९, २०७३
- ब्लाष्ट खबर
धरान /नेकपा एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघ नगर समितिले आज धरानमा रक्तदान कार्यक्रम गरिरहेको छ ।
नियमित झै हरेक वर्ष नगर समितिले रक्तदान कार्यक्रम गर्ने गरेको हो । कार्यक्रममा हालसम्म ४० युनिट रगत संकलन भइरहेको नगर अध्यक्ष रञ्जु भण्डारीले जानकारी दिइन् । भानुचौकको लोकतान्त्रिक चौतारीमा भइरहेको रक्तदानमा सुनसरी जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको छ ।
कार्यक्रमको उद्घाटन अनेम संघकी केन्द्रीय अध्यक्ष एवं जिल्ला इन्चार्ज लक्ष्मी गौतम, सुनसरी क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद कृष्णकुमार राईलगायतले गरेका थिए । रगत अभावमा पूर्ति गर्ने उद्देश्यले रक्तदान गरिएको बताइएको छ ।