दमक/ पुर्ब क्षेत्रकै उत्कृष्ट आर्थिक कारोबार गर्दै आएको दमकको एक सहकारी संस्थाले गएको आर्थिक बर्षमा राज्यलाई ५५ लाख भन्दा धेरै कर तिरेको छ ।७० करोड ९६ लाख वासलात रहेको संस्थाले बिभिन्न करवापत राज्यलाई ५५ लाख १३ हजार ३५१ रुपैया कर तिरेको हो । २० औ बार्षिकोत्सव तथा २२ औ साधारण सभाको अवसरमा शुक्रबार पत्रकार सम्मेलनमा सार्बजनिक गरेको प्रतिबेदनमा सो कर तिरेको जानकारी दिइएको छ ।

संस्थाले आर्थिक कारोबार गर्दा लिने आयकरमा ३१ लाख ७१ हजार, ब्याजकरमा १८ लाख ९४ हजार, लाभांकर करमा २ लाख ७१ हजार र पारिश्रमिक करमा १ लाख ७५ हजार तिरेको छ । चालु आर्थिक बर्षमा ६९ लाख कर तिर्ने अनुमान पनि संस्थाले लिएको छ । सधै राम्रो बित्तिय बिवरण पस्कदै आएको संस्थाले गत बर्ष अघिल्लो बर्षको भन्दा ७१ प्रतिशतले बृद्धि गर्दै १ करोड ५८ लाख खुद नाफा कमाएको छ । सो बर्ष ४४ करोड कर्जा लगानी गरेको संस्थाको चालु बर्षमा ६० करोड कर्जा लगानी छ । २ हजार ३ सय ४८ जना शेयर सदस्य रहेको संस्थामा ८ करोड ५२ लाख शेयर पुजी, जगेडा कोषमा १ करोड १७ लाख र अन्य कोषमा १ करोड २२ लाख छ । एक जनालाई ५० लाखसम्म ऋण लगानी गर्दै आएको संस्थाले चालु बर्षबाट कर्जामा डेढ प्रतिशतसम्म ब्याज घटाएको छ । संस्थाका अध्यक्ष रोमनाथ ओलीले प्रतिबेदन सार्बजनिक गर्दै यस बर्षका लागि बिभिन्न नयाँ कार्यक्रम पनि सार्बजनिक गरे ।
ओलीका अनुसार यो बर्ष १ लाखको बिमा कर्जा, सदस्यका छोराछोरीलाई प्राबिधिक शिक्षाका लागि २० लाखसम्म १० बर्षलाई ऋण दिने, ऋण लिने सेवा शुल्क ब्याजसहित फिर्ता गर्ने, सामुहिक जमानीमा १ लाखसम्म लघुबित्त कर्जा दिने ब्यवस्था गरिएको छ । धेरै कर्मचारी स्थायी रुपमा राखेको संस्थाले सरकारले बढाएको तलव बृद्धिसंग मिलान गरेको छ । संस्थाको सधै भदौ १२ गते बार्षिकोत्सव तथा साधारण सभा र साउन २८ गते प्रतिबेदन सार्बजनिक तथा पत्रकार सम्मेलन हुने गरेको छ । पत्रकार सम्मेलनमा सामाजिक गतिबिधी अन्तर्गत पत्रकारिता पुरस्कारहरु राखिएको, रक्तदान, शरीरदान र स्वास्थ्य शिबिरहरु संचालन गर्दै आएको जानकारी दिइएको थियो ।
संस्थाको संचार उपसमिती संयोजक शान्ता डागीको अध्यक्षमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रोमनाथ ओलीले संस्थाको बार्षिक प्रतिबेदनको सारसंक्षेप र ब्यवस्थापक खोम बगालेले बित्तिय आर्थिक झलक प्रस्तुत गरेका थिए ।