धनकुटा/ प्रथम सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा वुधवार धनकुटामा समुदयामा आधारित भएर वन संरक्षणको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने व्यक्ति र वन समुहलाई नगद सहित पुरस्कृत गरिएको छ । जिल्ला वन कार्यालय धनकुटाले प्रथम सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारी निजि वन लगाई हुकाई निजि वन प्रर्वद्धन गर्ने महत्वपुर्ण योगदान पु¥याएको भन्दै धनकुटा नगरपालिका–१० भिरगाउँकी सुमित्रा देवी लामा र पाख्रिवास नगरपालिका–१ र २ निवासी भिममाया पिठाकोटे मगरलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट हुने लामालाई नगद ८ हजार, प्रमाणपत्र र पिठाकोटेलाई नगद सात हजार र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै सामुदायिक वन समुह तर्फ भालेपोखरी सामुदायिक वन उपभोक्ता समुह कुरुलेतेनेुपा प्रथम,जिरिमा रेप्मा सामुदायिक वन उपभोक्ता समुह छिन्ताङ्ग द्धितिय र बढहरे सामुदायिक वन उपभोक्ता समुह धनकुटा नगरपालिका तृतिय भएको छ । प्रथम हुने वन समुहलाई नगद ६ हजार प्रमाण पत्र,द्धितिय हुने वन समुहलाई नगद ५ हजार प्रमाणपत्र र तृतिय हुने वन समुहलाई नगद ४ हजार,प्रमाण पत्र प्रदान गरिएको छ । सो अवसर पारेर जिल्लाकै पहिलो सामुदायिक वन शिलढुङ्गा सामुदायिक वन कागते धनकुटाका तत्कालिन संस्थापक अध्यक्ष धनकेशर खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित तथा पुरस्कृत व्यक्तिलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती,जिल्ला वन समन्व्य समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी गणेशप्रसाद दाहाल,जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
जिल्ला वन कार्यालय धनकुटाले कार्यालयको काम उत्कृष्ठ ढंगले गरेको भन्दै पाचँ जना कर्मचारीलाई समेत पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने कर्मचारीहरुमा ईलाका वन कार्यालय पाख्रिवासका वन रक्षक विर्ज सुनुवार,चुलाचुली ईलाका वन कार्यालय जोरपाटी ताङखुवाका वन रक्षक दुर्गा रेग्मी,छिन्ताङ्ग ईलाका वन कार्यालय आखिँसल्लाका रेञ्जर शिवलाल विश्वकर्मा,जिल्ला वन कार्यालयका टाईपिस्ट नायब सुब्बा मैया राई र कार्यालय सहायक रुकु तामाङ्ग रहेका छन् ।
दिवसको अवसर धनकुटा बजारमा प्रभात फेरी समेत गरिएको थियो । प्रभातफेरी पछि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, सामुदायिक वन उपभोक्ता महासघं नेपालका केन्द्रिय सदस्य वलवहादुर राई, जिल्ला अध्यक्ष राजेन्द्र खड्का,सम्मानित व्यक्ति धनकेशर खड्का लगायतले आफ्नो विचार राखेका थिए । कार्यक्रममाआ जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले दिवसको सन्दर्भको वारेमा जानकारी गराएका थिए भने प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले धनकुटा जिल्लाका सामुदायिक वनमा रहेको द्धन्द्धलाई व्यवस्थापन गर्न गरिरहेको कार्यहरुको वारेमा राष्ट्रिय श्रोत व्यक्ति भोजकुमार विश्वकर्माले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला वन कार्यालय धनकुटाका रेञ्जर सुजन धिमालले गरेका थिए ।
यस्तैगरी सोही अवसर पारेर प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल धनकुटाले सरोकारवाला निकायका व्यक्तिहरुको सहभागितामा जिल्ला स्तरिय संम्वाद समन्वय समितिको वैठक सम्पन्न गरेको छ । वैठकमा हाल सम्म जिल्लाका ५ वटा सामुदायिक वनमा रहेको द्धन्द्ध रुपान्तरण भएको र तिनवाट सामुदायिक वनको द्धन्द्ध रुपान्तरण उन्मुख रहेको जानकारी गराईएको छ ।
साथै, वैठकमा द्धन्द्ध रुपान्तरण कार्यको समिक्षा,चुनौति,अवसर र भावि योजनाहरुको वारेमा छलफल गरिएको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल धनकुटाका राष्ट्रिय श्रोत व्यक्ति भोजकुमार विश्वकर्माले वताए ।
वैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती,स्थानिय विकास अधिकारी गणेशप्रसाद दाहाल,जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्ती,नेपाल पत्रकार महासघं धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे,सामुदायिक वन उपभोक्ता महासघ जिल्ला महासघं धनकुटाका अध्यक्ष राजेन्द्र खड्का लगायत भुमि अधिकार मञ्च,सिचाई तथा मेलमिलाप समाजका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।