धरान / काठमाण्डू समाज काठमाण्डूले मोरङको हसन्दह बाढीपीडितहरुलाई राहत वितरण गरेको छ । donet साउन २३ गते हसन्दह र अमरदहका बाढीपीडितलाई खाद्यान्न तथा लत्तकपडा वितरण गरेको हो । समाजका अध्यक्ष राज थापा जीवनका अनुसार ७० थान त्रिपाल, दुईसय थान झुल, ७० थान मेट्रेस, लत्तकपडा, चिउरा, भुजा वितरण गरेको छ । सहन्दह–५ स्थित जयनगरमा कार्यक्रम गरी पीडितलाई वितरण गरिएको थियो ।