मोरङ/ मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया बालिका जीना धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए। घरनजिकै घाँस काट्न गएकी बालिकाको केसलिया नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।