लहान / इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ । आफ्नै खेतमा रहेको इनारबाट पानी झिक्ने क्रममा इनारभित्र झरेको बाल्टिन निकाल्न इनार गएका स्थानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको निसासिएर मृत्यु भएको हो ।
इनार तल गएका जागेश्वर बाहिर नआएपछि उनलाई हेर्न भनि गएका काका रामविलाशको समेत निस्सासिएर इनारभित्रै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएपी राजकुमार केसीले जानकारी दिए ।