धरान/नेपाल यातायात संयुक्त मजदुर संघ जिल्ला कार्य समिति सुनसरीको अध्यक्षमा बीरबहादुर तामाङ (पशुपति) निर्विरोध चयन भएका छन् । समितिको उपाध्यक्षमा उपाध्यक्ष श्याम श्रेष्ठ, सचिवमा रिना लामा, सहसचिवमा रामप्रसाद राई, र कोषाध्यक्षमा विपीन निरौला चयन भए । यसैगरी सदस्यहरुमा लवकुमार तामाङ, कर्ण श्रेष्ठ, डम्बर श्रेष्ठ, डिकेन श्रेष्ठ, मंगलसिंह लिम्बू र करण गुराँगाई रहेका छन् । समितिका केन्द्रीय अध्यक्ष गणेश भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष डिबी गुरुङ, महासचिव अमृत भुजेललगायतको सहभागिता रहेको थियो ।