सिरहा/ वर्षेनि खडेरीको माग खेप्दै आएका सिरहा, सप्तरी र उदयपुरका किसानलाई भूमिगत जलस्रोत विकास समिति लहानले ६ सय ४० स्यालो ट्युबवेल तथा पाँच थान डिप ट्युबवेल उपलब्ध गराएको छ । tunel सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले गत आवमा सिरहामा २ सय ५५, सप्तरीमा ३ सय ३५ र उदयपुरमा ५० थान स्यालो ट्युबवेल र पाँच थान डिप ट्युबवेल उपलब्ध गराएको भूमिगत जलस्रोत विकास समितिका निमित्त प्रमुख यशोधर यादवले जानकारी दिए । गत आवमा सिरहाको फुलकाहाकट्टी, धनगढी, सप्तरीको तेरहौता तथा उदयपुरको रामपुर ठोक्सिला र हडियामा डिप ट्युबवेल जडान गरिएको छ ।सिरहामा जडान गरेको स्यालो ट्युबवेलबाट १७ सय बिघा, सप्तरीमा १३ सय तथा उदयपुरमा २ सय बिघा जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।