इलाम/राष्ट्रिय युवा समिति इलामले जिल्लामा आफ्नो कार्य गर्न शुरु गरेको छ ।समितिले कार्यालय व्यवस्थापनसँगै आगामी दिनमा कार्य गर्नका लागि राजनीतिक दल, युवा संगठन, सञ्चारकर्मी र कार्यालय प्रमुखहरुसँग अन्तक्र्रिया गरिरहेको छ । आइतबार जिल्ला विकास समितिको हलमा सञ्चारकर्मीहरुसँगको समितिले छलफल गरी कार्ययोजना तथा बजेटको जानकारी दिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद २०७२ मा गठन भएको ७५ वटा जिल्लामध्ये युवा परिषद ६० जिल्लामा यसको अध्यक्ष चयन भइसकेको छ यस अघिल्लो सरकारको अन्त्यतिर गठित समितिद्घारा जिल्ला युवा समितिको नवनिर्वाचित अध्ययक्षको कार्यकाल चार वर्षको रहने छ । जसका काम कर्तव्य र अधिकारका सम्बन्धमा जिल्लामा युवा वर्गले गर्ने सम्पूर्ण कार्य छलफलको विषय भएको हो ।
हालसालै बेरोजगार युवालाई लक्षित गरि देशभरका युवा वर्गका हकहितका निमित्त काम गर्ने उद्देश्यले सबैजसो जिल्लामा छलफल गर्दैै आएको र जिल्ला युवा समितिले पनि कस्ता कार्य गरेमा युवा वर्गले सबै क्षेत्रमा सक्रिय भूमिका खेल्न सक्छन् भन्ने विषयमा छलफल भएको हो ।
समितिमा अध्यक्षसहित नांै जना सदस्य रहने छन् । जसमा नेपाल सरकारको निजामती अन्तर्गतको अधिकृत एक, नासु एक सहित चार जना कर्मचारी रहने छन् । परिषद्ले जिल्ला स्तरमा युवा सम्बन्धी कार्यक्रम संचालन गर्न एनजिओे, स्थानीय निकाय, युवा सम्बन्धी संस्था र मातहतका निकायहरुमा समेत समन्वय गरी अघि बढ्ने जनाएको छ ।
राष्ट्रिय युवा परिषदबाट प्रत्येक निर्वाचन क्षेत्रमा पाचँ–पाचँ लाखका दरले युवाहरुका लागि रोजगारमुलक कार्यक्रम गर्ने, प्रत्येक गाविसमा युवा लक्षित कार्यक्रम गर्ने जस्ता शीर्षकमा सीप विकास तथा क्षमता अभिवृद्घि कार्यक्रम गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष नवराज शंकरले बताए ।
लागु औषध तथा दुव्र्यसनमा फसेका युवालाई सचेतना अभियान तथा यसका कारण पत्ता लगाई उनीरुलाई रोजगार तथा सीप विकासका लागि काम गर्नुपर्ने सहभागीले सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रम युवा समिति इलामका अध्यक्ष नवराज शंकरको अध्ययक्षतामाा सम्पन्न भएको हो ।