palम्युजिक भिडियोमा अभिनय गरेर थुप्रै फ्यानहरु बटुल्न सफल पल शाह ‘जोनी जेन्टलम्यान’ को रुपमा दोश्रो पल्ट चलचित्रको पर्दामा देखिदैछन । उनलाई चर्चित म्युजिक भिडियो निर्देशक नितिन चन्दले ‘जोनी जेन्टलम्यान’ बनाउदैछन्  ।  उनले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को औपचारिक घोषणा भइसकेको छ ।

योर स्टाइल टिभी  मार्फत थुप्रै म्युजिक भिडियो तथा छोटा चलचित्र निर्माण गरि चर्चा कमाएका निर्देशक नितिन चन्द “हनी –बनि “ भिडियो निर्माण बाट चर्चामा आएका हुन् । अब आएर  ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने लागेका नितिनले आफ्नो पहिलो चलचित्र फरक कथा बस्तुमा नयाँ शैलीको चलचित्र बन्ने पत्रकार सम्मेलनमा जानकारी दिए  ।

पल शाह र आंचल शर्माको मुख्य भूमिका रहने छ भने अन्य कलाकारहरुको बारेमा सार्बजनिक गरिएको छैन । पल र आंचलको यो दोस्रो चलचित्र यो यस अघि यी दुइ अभिनित चलचित्र ‘नाइँ न भन्नु ल ४’प्रदर्शन भइ सकेको छ । योर स्टाइलको प्रस्तुतीमा बन्ने चलचित्रमा ए.जी.इन्टरटेनमेन्टको सहकार्य रहनेछ । कार्यक्रममा बोल्दै निर्देशक चन्दले यो चलचित्रमा आफूले जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने देखाउन लागेको बताए । एउटा पात्रको परिवर्तनलाई चलचित्रमा देखाउने उनले बताए । यो चलचित्रमा पल चकलेटी अवतारबाट एक्सन अवतारमा बदलिनेछन् । चलचित्रका लागि नायक पल शाहले एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । उनलाई चलचित्रका द्धन्द्ध निर्देशक प्रकाश विक्रम शाहले तालिम दिइरहेका छन् । चलचित्रमा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । प्रशान्त तामाङको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता रहेका छन् ।