धरान / लामो समय प्राध्यापन पेशामा रहेर हालै अवकास प्राप्त प्राध्यापक एव् भाषाविद् डा. टङ्कप्रसाद न्यौपानेलाई अभिनन्दन गरिने भएको छ । डा. न्यौपानेले आठपरिया भाषामा २०४८ सालमा विद्यावारिधी गरेका थिए । डा. न्यौपानेले भाषा साहित्यको क्षेत्रमा उच्च योगदान पु¥याएकाले पनि उनलाई भदौं १६ गते मोती जयन्तीको अवसर पारेर अभिनन्दन गरिने भएको हो । जसका लागि प्राडा. टङ्कप्रसाद न्यौपाने अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । जसलाई व्यवस्थापन गर्नको लागि गोपीकृष्ण खतिवडाको संयोजकत्वमा व्यवस्थापन समिति गठन भएको छ । बुधबार गठन भएको समितिको सहसंयोजकमा सालिक सतासक राई, सदस्यहरुमा गणेशकुमार कार्की, राजेश विद्रोही, सन्तोष कोइराला, रोमनाथ ढुंगेल, चेवन राई, पूर्णबहादुर गुरुङ, कमला राई, गिरीधारी सापकोटा, गिरीराज खतिवडा, केशव घिमिरे, लक्ष्मी बानियालगायत सदस्य रहेका छन् । मूल समारोह समितिका सचिव प्रा.डा. भीम खतिवडाको उपस्थितिमा समिति गठन भएको हो ।