jyoti magarकलाकारलाई यसै कलाकार भनेर सम्मान र इज्जत दिइएको होइन । कलाकार समाजका त्यस्ता प्रतिनिधि हुन् जसले आम मानिसलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ । समाजमा फैलिएका विकृति र विसङ्गतिलाई रोक्न कदम चाल्न सक्नुपर्छ, झन् विकृति फैलाउने होइन । अझ, कलाकारको दायित्व त देशको कला–संस्कृति जोगाउन अहम् नै हुनुपर्ने हो तर तिनै कलाकार चाडपर्वमा संस्कृति जोगाउनभन्दा विकृति फैलाउन लागे भने के होला ? समाज बदलिएको भन्दैमा गीत–सङ्गीतमा छाडा प्रवृत्ति प्रवेश गराउने अधिकारी कलाकारलाई छैन । तीज पर्व नजिकिँदै छ । तीज पर्वको आफ्नो महत्व छ तर तीजको अवसर पारेर विभिन्न गायक–गायिकाले सार्वजनिक गर्ने गीत र भिडियोले समाजलाई सकारात्मकभन्दा नकारात्मक सन्देश बढी दिन थालेका छन् । ज्योती मगरले आपूmलाई छोटा पहिरन लगाएर उत्तेजित शैलीमा गीत गाउने गायिकाको रुपमा परिचित गराएकी छन् । उनको यो शैली तीजको गीतमा पनि स्पष्टै देखिएको छ । ज्योतीले सार्वजनिक गरेको तीज गीतमा भनिएको छ, ‘यसपालिको तीजमा दरसँगै ह्वीस्की खाइन्छ । यसपालिको तीजमा फलपूmल होइन, भोड्का खाइन्छ ।’ यस्तै भाव बोकेको तीज गीतको भिडियोमा ज्योतीले आपूmलाई उत्तेजक शैलीमै प्रस्तुत गरेकी छन् । केही हिन्दी ट्युन मिसिएको गीतको भिडियोमा ज्योतीसँगै सम्झना बुढोथोकीलगायतका मोडलले मोडलिङ गरेका छन् ।