तेह्रथुम/अबिरल बर्षाका कारण सडक अबरुद्ध हुँदा किसानहरुले उत्पादन गरेको कृषिजन्य सामाग्री ढुवानीमा समस्या भएको छ । ढुवानीमा समस्या भए सँगै हरेक दिन किसानले लाखैको क्षति भोग्नु परेको हो ।

तेह्रथुम जिल्लाको ग्रामिण क्षेत्रहरुमा निर्माण गरिएका सडकहरु केही दिन यता अबिरल बर्षाका कारण अबरुद्ध हुँदा किसानहरुले उत्पादन गरेको कृषि जन्य सामाग्री ढुवानीमा समस्या भएको किसानहरु बताउछन । लगातरको बर्षाले गर्दा हरेक दिन लाखौ बराबरको क्षति बेहोर्नु परेको पिप्लेका कृषक सुजन बुढाथोकीले बताए ।
जिल्लाको छथर फेदाप र आठराई क्षेत्रका किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफूल, दुध ढुवानीका साथै दैनिक उपभोग्य सामाग्रीमा समेत ढुवानीमा समस्या बनेको छ । जिल्ला सदरमुकाम सगँ जोडिएका सडकहरु अबरुद्ध भएसँगै यात्रुहरु पनि पैदल हिडेर यात्रा गर्नु पर्ने बाध्यतामा रहेका छ । सडक निमाणं सँगै खोलामा पुल निमार्ण नहुदा यातायातका साधान चल्न समस्या भएको छ । यातायातका साधन नसक्दा करीब ४ धण्टाको बाटो दैनिक उपभोग्य सामाग्री डोकोमा बोकेर ढुवानी गर्नु पर्ने पोक्लाबाङ बजारका ब्यवसायी चित्र भुजेल बताउछन । छथर र आठराईमा पनि कच्ची सडक भएकाले किसानहरुले उप्पादन गरेका बस्तुहरु ट्याक्टरले मुस्किलेले ढुुवानी गर्दै आएका छन ।
राजनितीक खिचातानी र उपभोक्ता समिति निमार्ण सँगै असार लागे पछि सडक निमार्ण गर्ने गरेकाले सडक निर्माणमा बर्षेनी लाखौ लगानी भए पनि बालुवामा पानी हाले जस्तै भएको छ । बर्षाको याममा सडक निमार्ण भन्दा योजना फच्र्युटमा नै उपभोक्ता समिती ब्यास्त भएको, अनुगमन समितीले भने पैसाकै भरमा अनुगमन गर्ने गरेको स्थानीयहरुको आरोप छ । प्राविधिकहरुले पनि विकास लागि छुट्याईएको बजेटमा आँखा गाड्ने गरेको उपभोक्ता समितिका सदस्यहरु बताउछन ।
बर्षाद सँगै बर्षनी किसानहरुले यस्तो समस्याहरु झेल्नुको साथै उत्पादन गरेको सामाग्री बिक्री बितरण समस्या भोग्दै आएका छन । बर्षादका कारण सडकहरु भत्किएर खाल्डा खुल्डी पर्नुको साथै पहिरो जाने ठाँउ ठाँउमा धान रोप्नलाई बनाएको खेत झै भएका छन् । यसरी सडकमा क्षती भएका कारण बिरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको सरोकारवालाहरु बताउछन् ।