बैतडी/ जिल्ला प्रशासन कार्यालयले जिल्लामा जथाभावी गिट्टी तथा बालुवा उत्खनन कार्यमा रोक लगाएको छ ।
जिल्लाको चमेलीया, महाकाली, सुर्नयालगायत नदीबाट अवैधरुपमा बालुवा तथा गिट्टी उत्खनन कार्य गरिँदै आएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र खानीजजन्य वस्तुको उत्खनन गर्न पाइने कानुनी व्यवस्था रहेको छ । जिल्लामा रहेको अनुगमन समितिले समेत यस्ता गतिविधिको अनुगमन गरिरहेको बताइएको छ । रासस
































