आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरह्यो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरह्यो । ट्वाइलेटमा उसले निक्कै समय लगायो । त्यहाँबाट बाहिर निस्क्यो । बाहिरको धारामा दाँत माभ्mयो । दाँत माझुञ्जेल पनि उसलाई खोकीले छाडेन । उसले मुख धोयो र सोध्यो, ‘चिया पाक्यो ? आज ढिला भइसक्यो ।’ उसले हातको घडी हेरेर भन्यो, ‘ल हेर, नौ बज्न लागिसकेछ । कति बेला भात खाने र अफिस जाने ?’
म केही बोलिँन किनभने यी वाक्यहरू हरेक दिन मैले सुन्दै आएकी छु, टेपरिकर्डरभैंm । उसलाई चिया दिएँ । हतारहतार चिया खाएर ऊ भात खान बस्यो । भात राम्ररी पाकिसकेको थिएन । ऊ अचानक जङ्गियो, ‘यस्तो पनि हो ? जाबो भात पकाएर ख्वाउन पनि नसक्ने ?’
मसँग जवाफ थिएन । मैले केही बोलिनँ । ऊ फेरि रिसायो, ‘किन केही नबोलेकी ? यस्तै ढुङ्गा रहिछे र त लोग्नेले छाडेछ ।’
लोग्नेले ‘छाडेछ’ ले मलाई भित्रसम्म पोल्यो । मलाई ढिँडे खुर्सानी खाएजस्तो लाग्यो– कहाँ–कहाँ पिरो भयो । म सङ्क्षिप्त जवाफ दिन बाध्य भएँ, ‘आज ग्याँस थिएन । स्टोभमा पकाउँदा ढिला भयो ।’
‘ग्याँस नयाँ ल्याउनु पर्दैन ?’
‘पैसा पनि थिएन, फेरि भाउ पनि बढ्यो ।’
‘त्यो मेरो मतलबको कुरा होइन । तेरोजस्तो दिनभर सुतेर बस्ने हो र ! अफिसमा कस्तो मारामार छ । एकैदिन सास फेर्न पाइने होइन । तेरो पो मोज छ ।’ ऊ करायो । धमाधम लुगा लगायो । ढोका खोलेर भन्यो, ‘म गएँ । तेरो भात पर्खिरहने फुर्सत् मलाई छैन ।’
‘खाना खाएर जानुहोस्, पाकिनै सक्यो ।’
‘तेरा नाठाहरूलाई खुवा.... म तेरो को हुँ र !’ ऊ सरासर बाहिर निस्क्यो । यो कुनै नयाँ घटना थिएन । झण्डै दुई वर्ष हुन लाग्यो, म यस डेरामा बसेको । मैले आफ्नो भाग्यलाई धिक्कारेँ । स्वास्नीमान्छे भएर जन्मनु परेकोमा फेरि आपूmभित्रै रोएँ ।
भोक लाग्यो । हिजो बेलुकी पनि राम्रो खान पाएको थिइनँ । आफ्नो भाग खाना खाएँ । उसको भाग भाँडैमा राखिदिएँ । केही काम थिएन, सिवाय निदाउनु । ओछ्यानमा गएँ र पल्टेँ । मन धेरै भारी भएर आयो । धेरै डाँडाहरू पारिको माइती सम्भेmँ । रमाइलो बाल्यकालका चित्रहरू आए । कत्ति रमाइला थिए ती दिनहरू । स्कुलको हाफटाइममा छेउको जङ्गलमा ऐँसेलुहरू टिप्नु ! साथीहरूसँग लुकामारी खेल्नु ! दशैँमा रोटेपिङ खेल्नु ! अनि आपूmलाई केही थाहा नभई अरूले तरुनी भइछे भन्नु ! ती दिनहरूमा फर्कन पाए ! अर्को जुनीमा ... । तर अर्को जुनी हुन्छ र ?
एकछिन निदाउन पाए हुने । कहाँ निद्र्रा आउनु ! सबै कुराहरू सपनाजस्तो । पीडैपीडाले भरिएको विगत । अनि अचानक अरबको लाहुरे आउनु । धनसम्पत्ति र गरगहनाको लोभमा बिहे हुनु । पुतलीको खेलजस्तो । लाहुरे विदेश जानु र धेरै लामा वर्षहरू बस्नु । बस... वर्षमा एक–दुई चिठ्ठी आउनु । सँगसँगैजस्तो बाआमा दुवै खस्नु । आपूmलाई निक्कै कडा रोग लाग्नु । गाउँघरमा औषधि कहाँ पाउनु ! शहर जाने रकम खै ? दाजुहरू भाउजूका हुनु । अब ती सबैका अस्पष्ट अनुहारहरू मात्र छन् । कत्ति बाङ्गाटिङ्गा छन्, मेरो गोरेटाहरू !
अझ निद्र्रा लाग्दैन । फेरि यौटा स्पष्ट चित्र अगाडि आउँछ । सुन्छु, धेरै वर्षपछि लोग्ने फर्केर आई धरानमा बसेको छ । त्यहाँ ऊ एक्लै छैन । साथमा अरबमा आपूmसँगै काम गर्ने युवती पनि छे । रात–साँझ नभनी धरान पुगेर सोध्छु, ‘यो सब कसरी भयो ? मेरो जिन्दगी किन यसरी बर्बाद पारिदिनुभो ? मैले के भूल गरेकी थिएँ र ?’ ऊ कत्ति सजिलै जवाफ दिन्छ, ‘भूल कसैको छैन । भूल वा गल्ती हाम्रो भाग्यको छ सीता ! तिमी आफ्नो बाटो लिन सक्छ्यौ, म तिम्रो रोडा हुन्नँ ।’ हजारका केही नोटहरू फ्याँकेर ऊ कठोर हुन्छ, ‘मैले उहीँ बिहे गरेँ । हामीसँगै काम गथ्र्यौँ । पश्चिम बाग्लुङकी केटी । मायाप्रीति बस्यो ।’
‘मलाई बर्बाद पार्न पाइन्छ ?’ म रुन्छु तर ऊ केही अर्थ दिँदैन । यत्ति कठोर हुनसक्छ लोग्नेमान्छे ?
घडी हेर्र्छुु दिनको एक बज्न लागिसक्यो । निद्र्रा कहाँ आउनु ! त्यही नोट बोकेर राजधानी आएँ । यो शहरमा आएँ । कसरी आएँ, थाहा छैन । राति ११ बजे गाडीले ल्याएर कलङ्कीमा छाडिदिँदा कुनै होश थिएन । कहाँ जाने र कसरी जाने ? कुनै टुङ्गो थिएन । त्यहीबीच सडकमा भेटियो, यो जँड्याहा राम ! ‘तिमी भर्खरै धरानको गाडीमा आएकी । तिमी सीता होइनौ ? म तिमीलाई चिन्छु । म धेरै सीताहरूलाई चिन्छु । मसँग हिँड...’ मलाई भगवान् राम नै भेटेको जस्तो लाग्छ । त्यै पनि सोध्छु, ‘तपाईँ को ? के नाताले म तपाईंकहाँ जाऊँ ? तपाईंको घरमा परिवार होलान् ।’
‘कोही पनि छैनन् । तिमी मेरी भाञ्जी । म तिम्रो मामा । हामी मामा–भाञ्जी । डेरा नजिकै छ । मध्यरात हुन लाग्यो ...’ यसरी शुरु भएको थियो यो नाटक ।
त्यसै दिनदेखि म यहाँ छु । अर्थात् ऊ मामा भएको छ, म भाञ्जी । जाँडले मात्तिएर नआएको उसको कुनै रात हुँदैन । सारा सडक थर्किने गरी कराउँदै आउँछ, ‘ए मेरी भाञ्जी ! ए सीता भाञ्जी † म तिम्रै साख्खै मामा आएँ । खास मामा आएँ ।’ कुनै रात उसले डेरामा भात खाएको थाहा छैन । धेरै बेर ऊ बर्बराउँछ, शायद रक्सी बर्बराएको हो । सधैँ ऊ यिनै शब्दहरू दोहो¥याउँछ, ‘म गुल्मीको मान्छे हुँ । म खानदानको बच्चा हुँ । मलाई के ठानेकी छेस् हँ तैँले ? म आकाश–पाताल एक गरिदिन सक्छु । मेरा स्वास्नी, छोराछोरी बुटवलमा बस्छन् । के कसरी बस्छन्, तँलाई थाहा छ ? ती महलमा बस्छन्, विशाल महलमा । ल झुप्रै सही । त्यही झुप्रो मेरो महल हो । धन्दा नमान सीता ! म तिनलाई यहाँ ल्याउँदिनँ । त्यहीँ खेती छ । काम गर्छन्, खान्छन् । मलाई के मतलब ! चार–चारजना भाल्टाङभुल्टुङ कसले पाउनु भन्यो त्यस राँडलाई † मेरो यो सानु जागिरले काहीँ खान पुग्छ ?’
जबर्जस्ती निदाउन बल गर्र्छुु, सक्तिनँ । भित्र कतै अन्धकार छ । झस्कन्छु, आज आएर के–के उपद्रो गर्ने हुन् अब । स्टोभमा रातो चिया बनाउँछु । बिहान एक पैसा थिएन, दूध ल्याउन सकिनँ । चिया खाँदै आपैंmलाई सोध्छु, सीता ! के यसरी तैँले यो जिन्दगी काट्न सक्छेस् । यो तेरो लोग्ने हो–होइन ? यो तेरो मामा हो–होइन ? यो तेरो नातेदार हो–होइन ? गाउँले हो–होइन ? अनि के हो यो ? कुन्नि कहिलेसम्म यसरी जान्छ । त्यसपछि के हुन्छ ? थाहा छैन । आपूmलाई काटिएको यौटा चङ्गाजस्तो लाग्छ । कहाँ गएर खस्छ, के थाहा ?
अचानक सम्झन्छु, भोलि साउन एक गते हो । भोलि छिट्टै उसको अफिसमा पुगेर मैले ड्युटी दिर्नुपर्छ । भोलि उसको पाकेटबाट रुपियाँ लिन नसके महिनाभरि के खानु ? अलिकति तलमाथि परे सबै तलब बाटोमा न कतै हराउँछ । यसरी कत्ति वर्ष बस्नु हो ! मलाई रिङटा लाग्छ ।
बाहिर कहीँ जानु छैन । आफ्नो भन्ने खास कोही छैन । कसलाई भेट्न जानु, यो निष्ठुरी शहरमा । दिनभरि टिभी हेरेर बस्नू, म चाइनिज टिभी ल्याइदिन्छु भनेको पनि स्यालकै कथा भो । कुनै दिन सँगै सिनेमा हेर्न जाउँला भनेको पनि दन्त्यकथा भयो । सम्झाएँ भने ऊ सजिलै जवाफ दिन्छ, ‘तँ मेरो को होस् र सिनेमा हेर्न लगूँ । तँ मेरो श्रीमती होस् ? तँ मेरी भाञ्जी होस् ? कस्तो मान्छे ! सद्दे कहिल्यै नहुने, नभेटिने । साँझ पर्न लाग्यो । साँझसँगै यौटा अव्यक्त डर, असहज अन्धकारले मलाई नराम्ररी छोप्छ । उसका प्रत्येक शब्द मेरा कानमा रिङरिङ्गाउँछन्, तँ घिनलाग्दी भएर नबस् सीता ! मलाई सुग्घरी, सफा र राम्री आइमाई मन पर्छ । राक्षसनीजस्ती आइमाई बोक्सी हुन्छन् । म तँलाई बोक्सी भएको देख्न चाहन्नँ । उसका आदेशहरू पालना गर्न म बाध्य छु, विवश छु । आपूmले धेरै पढेको छैन, काम गर्न कहाँ जाऊँ ? फेरि कसले जागिर दिने यो कालमा ? उसका जँड्याहा वाक्यहरूले मलाई धेरैपटक थिलथिलो बनाएका छन्, तँलाई मसँग बस्न मन नलागे आजै भाग । अहिल्यै भाग । मलाई तँसँग केही लिनुदिनु छैन । सडकबाट आएकी होस्, सडकमै जान सक्छेस् । राति आएकी थिइस्, बिहानै भाग्न सक्छेस् । धन्य, तँलाई लाउनखान दिएको छु, बस्न दिएको छु । अरु तँलाई के चाहियो ? महिनावारी खर्च दिएको छु । राम्रै लाएकी छेस्, मीठै खाएकी छेस् ।
कस्तो सङ्कट हो ? यसरी पनि बाँच्नु पर्दो रहेछ । यसरी पनि जिन्दगी हाँक्नुपर्ने रहेछ । आठ बज्यो, उसका जाँड लागेका आवाजहरूले म सतर्क हुन्छु, कहाँ छेस् ए राँड ! के गरी मर्दैछेस् ! कि भागिसकिस्... । यी रुटिङ शब्दहरू हुन् । मैले पचाइसकेकी छु । म ढोका खोल्छु । ऊ भित्र पस्छ । खाटमा बस्छ । भलाद्मी हुन खोज्छ । त्यै पनि स्वर निस्कन्छ, बिहान मलाई किन खाना दिइनस् ?
‘मैले नदिएकी होइन, तपाईंले नखाएको !’ म नरम हुन बाध्य छु । ‘मैले आफ्नो कमाइ खान नपाउनु ? तेरो पेवा हो ?’
म बोल्दिनँ । यस्ता कुराहरूको जवाफ मसित छैन । म सहज रूपमा भन्छु, ‘तपाईंको बिहानको खाना बाँकी छ । ल्याइदिऊँ ?’
‘तैँ राँड खा । मलाई तँ बासी भात ख्वाउने ? के म तेरो नोकर हुँ ?’
‘बोल सीता राँड ! म तेरो को हुँ ? मसँग तेरो के नाता छ ? के सम्बन्धले तँ मसँग बस्छेस् ?’ उसको रक्सी बोल्छ ।
म बोल्दिनँ । ऊ जुरुक्क उठ्छ र मेरो गालामा एक थप्पड हान्छ । म ऐया.. भन्छु ।
‘अझ ऐया भन्छेस् ?’ ऊ अर्को थप्पड हान्छ । मेरो गालामा जोडसँग दुख्छ । म रुन थाल्छु ।
‘तेरो भात तैँ खा । लौ मेरो खुट्टा मिच । दिनभरि मेचमा बस्दा–बस्दा कस्तरी दुखेको छ ।’
म खुट्टा मल्न थाल्छु । ऊ आराम भएको बहाना गर्छ । अचानक एक सयको एक बण्डल नोट झिक्छ र फ्याँक्छ । ‘हेर् । मेरो आजको आम्दानी ! पूरै पाँच हजार छ । यौटा घाइते नराम्ररी फँस्यो । देखिस् मेरो अफिस कस्तो छ ? मेरो जागिर कति राम्रो छ ?’, ऊ भन्छ, ‘त्यो बण्डल तँ राख । केही गरगहना बना । यसै त राम्री छेस् । गहना लगाउँदा बल्दी होस्, बत्ती नचाहिने भो ।’
मलाई थाहा छ, उसको बानी । म त्यो बण्डल टिप्तिनँ । ‘त्यो बण्डल टिप, तँलाई भो !’
म दोधारमा हुन्छु । ऊ के चाहन्छ ? मलाई थाहा छ । ऊ होश र बेहोशमा प्रश्न गर्छ, ‘तँ मेरी स्वास्नी होस् ?’ ऊ आपैंm जवाफ दिन्छ, ‘होइनस् ।’ फेरि प्रश्न गर्छ, ‘तँ मेरी भाञ्जी होस् ? होइनस् ।’ आपैंm जवाफ दिन्छ ।
‘तेरो ब्लाउज खोल... ।’ म शून्य हुन्छु ।
‘ए सुन, तेरो ब्लाउज खोल...’ ऊ कडा हुन्छ ।
‘अहिले किन ! यत्रो हत्तार !’
‘ए खोल्दिनस् ?’ ऊ उठ्छ र म छेउ आएर मेरो ब्लाउज च्यातिदिन्छ । मेरो ब्रेसरीसमेत खोलेर फ्याँकिदिन्छ ।
‘तपाईंलाई आज केको भूत चढ्यो ?’ म कमजोर छु ।
‘ए... तँ सारी खोल.... ।’
‘किन सारी खोल्ने ?’ म दह्रो हुने प्रयास गर्र्छुु । फेरि उसमा राक्षसीपन देखा पर्छ । ऊ जबर्जस्ती मेरो सारी खोलखाल पारेर हुत्याइदिन्छ ।
‘मेरो हुर्मत नलिनोस् । म हात जोड्छु... ।’ म लुगलुग काँप्छु । मलाई कम्प छुट्छ । मेरो साया मात्र बाँकी छ । नत्र म निर्वस्त्र छु ।
‘तँ सीता होइनस् । तँ द्रौपदी होस् र म दुःशासन हुँ... ।’
मेरा वाक्य बन्द हुन्छन् । म आपैंmलाई सोध्छु, म सीता हुँ कि द्रौपदी ? ऊ अझ अगाडि बढ्छ र मेरो साया फुकाल्ने प्रयत्न गर्छ । म पानी.. पानी हुन्छु ।
‘तँ को होस् ? भन, तँ को होस् ?’
‘म आइमाई ! म स्वास्नीमान्छे...’ मेरो स्वर निस्किन्छ ।
‘म तेरो को हुँ ?’ गर्जिन्छ ।
‘तपाईं मेरो लोग्ने होइन.... ।’
त्यतिबेलै अचानक बत्ती जान्छ ।