जनकपुरधाम (रासस) / प्रमुख सम्पदा जानकी मन्दिर संरक्षण र संवद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ । janki mandir मर्मत सम्भारको अभावले मन्दिरको पर्खालमा बिरुवा उम्रेको र भूकम्पले पर्खाल चर्केको, बुर्जा, गजुर र गुम्बजहरूलाई क्षति पु¥याएको देखिन्छ ।   मन्दिरको चारै कुनामा तीन–तीन वटाका दरले बनाइएका बाह्र वटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजहरूमाथि सुनौला गजुर सो मन्दिरमा रहेको छ ।   जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमुना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेको सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ ।   सो मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रङरोगन नगरिँदा मन्दिरको चारैतिर विभिन्न रङका रङ्गीचङ्गी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ ।   पुरातात्विक परामर्शबिना रङरोगनले यसको विलक्षणतालाई नै समाप्त हुने स्थिति आउन सकिने देखिएको छ । सो मन्दिरमा वास्तुकलाकारिताको विलक्षण नमुना रहेको छ । टाढाबाट हेर्दा मन्दिरै मन्दिरको सङ्गालो जस्तो देखिने सो मन्दिर परिसरमा साठी वटा कोठा रहेका छन् ।   सोमध्ये अधिकांश कोठाका पर्खाल कालो भइसकेको छ भने मन्दिर बाहिर आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरुप बनाइएको छ ।