धरान / नारी हस्ताक्षर अम्बिका शाक्यको लामो कविता ‘शैलसँगको आलाप’ मा प्रकृतिको सुन्दर बिम्ब अटाउन सफल भएको बुद्धिजिवीले तर्क गरेका छन् । lokarpan बुधबारै लोकापर्णसमेत गरिएको शैलसँग आलापमा प्रकृतिमा लिन बिलीन गराउने खुबी रहेको सहप्राध्यापक हरिप्रसाद दाहालले बताए । काव्यमा शिलु नामक पात्रसँग कविको टुट्नै नसक्ने प्रेम रहेको बताए । समिक्षक प्रा.डा. भीम खतिवडाले प्रकृतिसँग तादम्यता रहेको बताए । उनले आत्मिक प्रेम सुन्दर बिम्बको रुपमा रहेको बताए । काव्यमा प्रकृतिको विद्रुपता, मानवतावादी, सामाजिक चेतनासमेत रहेको उनले बताए । अर्का नारी हस्ताक्षर कुन्ता शर्माले यस अघिका कृतिहरुमा शैलीगत सुन्दरता नभए पनि यसपटक धेरै परिस्कृत रुमपा आएको र प्रकृतिको अनगुञ्जन रुपमा आएको बताइन् । उनले शाक्यको कवितामा प्रकृति नै प्रकृति देखिएको बताइन् । प्रा.डा. गोपाल भण्डारीले धरानको सफल नारी हस्ताक्षर शाक्यको व्यक्तित्व अनुसारको गम्भिर भावना प्रकटीकरण गरेको बताए । कविले शैलसँग आलाप गरे पनि जीवनको ब्याख्या गरेको बताए । काव्यको प्राध्यापक दाहाल, आयोजक मोती स्मरण समितिका अध्यक्ष कवि गोविन्द तिम्सिनालगायतले लोकापर्ण गरेका थिए । कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, शरला शाक्य, कवि मान बज्राचार्यलगायतको उपस्थिति रहेको थियो । नारी हस्ताक्षर शाक्यले कविता वाचनसमेत गरेकी थिइन् ।