धरान / चोरी मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । अदालतबाट कैद जरिवाना तोकिएका सुनसरी खनार ४ का सङ्कर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सुनसरीले २०७२ चैत्र २ गते चोरी मुद्दामा एक महनिा १२ दिन कैद सजाय तथा पाँच हजार रुपैया जरिवाना सुनाएको थियो । पासवानलाई क्षेत्रीय अनुसन्धान समूह विराटनगरबाट खटिएको टोलीले निज निवासबाट बुधबार बिहान ९ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानालाई जिल्ला अदालतमा उपस्थित गराउँदै फैसला कार्यान्वयनको लागि कारागार पठाउने आदेश बुधबारै भएपछि झुम्का कारागार पठाइएको जानकारी क्षेत्रीय प्रहरी कार्यालय रानीबाट प्राप्त भएको छ ।