धरान/धरान–११ र १७ बीचमा सर्दुखोलाबाट बस्ती जोगाउनको लागि निर्माण गरिएको बाँधबाट निस्किएको जग्गामा भूमाफियाहरुले चलखेल गरेको भन्दै सङ्घीय सुकुम्बासी समाज नेपाल धरान नगरसमितिले विरोध गरेको छ । सगरमाथा टोल र नमुनासुन्दर बस्तीलाई जोगाउनको लागि जनताले सङ्कलन गरी बाँध बाँधिएपछि निस्किएको जग्गामा बस्ती बसाल्न खोजेको भन्दै समाजले विरोध गरेको हो । समाजका अनुसार उक्त बस्ती क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो । विगत केही दिनदेखि उक्त निषेधित षेत्रमा भूमाफियाहरुले बाँध बाध्ने बाहानामा मोटो रकम असुल्दै घडेरी बिक्री वितरण भइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र जिमी याक्खा र इन्चार्ज यम किरातीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कार्य तत्काल बन्द गर्नसमेत चेतावनी दिएको छ । बन्द नगरेमा समाज कडा संर्घषमा उत्रिने चेतावनी दिइएको छ ।