अज्ञात सवारीको ठक्करबाट एक घाइते
इलाम / मेची राजमार्गमा बुधबार अज्ञात सवारीको ठक्करबाट एकजना घाइते बनेका छन् ।
इलामको सूर्योदयस्थित मेची राजमार्गमा ठक्कर दिँदा सूर्योदय ६ बस्ने दीपेन याङमाङ्ग रहेका छन् । उनलाई राति पैदल हिड्दै गर्दा ठक्कर दिएको थियो । घाइते बनेका दीपेनलाई फिक्कल अस्पताल इलाममा उपचार भइरहेको छ ।
ठक्कर दिने सवारीको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।