धरान/पत्रकार डम्बरकृष्ण श्रेष्ठ तथा फोटो पत्रकार सोहन श्रेष्ठलाई पितृशोक परेको छ । उनको बुबा दानबहादुरको ९८ वर्षको उमेर सोमबार अपरान्ह निधन भएका छन् ।
श्रेष्ठको हिन्दु धर्मशास्त्र अनुसार मंगलबार मोरङको डाँस खोलामा अन्त्येष्टी गरिएको छ । भोजपुरबाट तराई झरेका श्रेष्ठ लामो समयसम्म मोरङको जिरिखिम्तीमा बसेका थिए । बुबाको इच्छा अनुसार नै छोराहरुले डाँसखोलामा लगेर अन्त्येष्टी गरेका हुन् ।

चार बहिनी छोरी र ८ जना छोरा रहेका श्रेष्ठले जिरिखिम्तीमा आफ्नै पहलमा मन्दिरसमेत निर्माण गरेका थिए । पूजाआजामा विश्वास राख्ने दानबहादुरको तीनजना श्रीमति थिए । पत्रकार श्रेष्ठ हिमाल खबर साप्ताहिकमा लामो समय कार्यरत थिए भने हालै हङकङ पुगेका छन् ।